१३ असार २०८३, शनिबार / 27 June 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हिन्दू अधिराज्य स्थापनाकालागि विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today२७ भदौ २०८१

    काठमाण्डौ/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ। राप्रपालगायत विभिन्न हिन्दूवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमूलक सहभागितामा शुक्रबार अपरान्ह १:०० बजे माइतिघर मण्डलाबाट ऱ्याली निकालिने विश्व हिन्दू महासंघले एक पत्रकार सम्मलेनको आयोजना गरि जानकारी गराएको हो।

    Ad
    Ad
    Ad

          संघीय गणतान्त्रिक धर्म निरपेक्ष संविधान स्थापना भएदेखि देशमा रहेका बहुसंख्यक सनातनीहरूमाथि संकट आएको, देशको पहिचान, मौलिकता, स्वाभिमान गुम्दै गएको, नेताहरू सत्तालिप्सामा डुब्दै गएको, देशमा अन्याय, अत्याचार, दुराचार, भ्रस्टाचार, ढिलासुस्ती बढ्दै गएकोले त्यसको निराकरणको एक मात्र विकल्प हिन्दू अधिराज्य पुनर्स्थापना रहेकोले सो ऱ्याली निकाल्न लागिएको विश्व हिन्दू महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले पत्रकार सम्मलेनमा जानकारी गराउनु भयो।

    Ad
    Ad
    Ad

           देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनु पर्ने मागसहित सम्पूर्ण देशभक्त नागरिकहरूको प्रत्यक्ष र परोक्ष सहयोगमा निकाल्न लागिएको सो ऱ्याली शान्तिपूर्ण रहने अध्यक्ष भण्डारीले बताउनु भयो। सो पत्रकार सम्मेलनमा ८१ प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी र ९४ प्रतिशत भन्दा बढी ॐकार परिवार रहेको नेपालमा धर्मनिरपेक्ष राज्य घोषणापछि धर्मान्तरण गर्ने कार्य अभियानकै रुपमा सञ्चालन भैरहेको विश्व हिन्दू महासंघले जानकारी दिएको थियो । सो पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवल शमशेर राणाले नेपाललाई एकताको प्रतीकका रुपमा राजसंस्था र हिन्दू धर्म अनिवार्य पक्ष रहेको बताए ।

    Ad
    Ad
    Ad
    Ad

            उनले विश्व हिन्दू महासंघले धर्मान्तरण विरुद्ध आयोजना गरेको कार्यलाई आफ्नो दलको पूर्ण समर्थन र साथ रहेको पनि बताए । महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले विश्वभरका सनातनीहरुको आस्थाको केन्द्र रहेको महासंघले सबैको विश्वास र साथ लिएर नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने अभियान सञ्चालन गर्ने उद्घोष पनि गर्नु भयो। धर्मान्तरण विरुध्द हुने प्रदर्शनमा देशभित्र र देशबाहिर रहेका सबैको समर्थन रहने विश्वास व्यक्त गरिन् ।

           पत्रकार सम्मेलनमाराष्ट्रिय महासंघ राष्ट्रिय समितिका उपाध्यक्ष अरुण कुमार पाण्डे, नेपालका लागि नेपाली पार्टीका महामन्त्री दीपक आत्रेय, बिपी कांग्रेसका महामन्त्री देवेन्द्र प्रसाद पौडेल, राप्रपाका महामन्त्री एवं प्रवक्ता सगुन सुन्दर लावतीलगायत विभिन्न सनातनी संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

         ऱ्याली सम्बन्धी पत्रकारहरूले सोधेको प्रश्नमा अध्यक्ष अस्मिता भण्डारी एवं राप्रपा प्रतिनिधिसभा सदस्य धवल शमशेर राणाले जवाफ दिनु भएको थियो।

    ताजा सूचना

    • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा आक्रोश: दुई धार्मिक सङ्गठनद्वारा प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.