१७ असार २०८२, मंगलबार / 01 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवमा वीरगञ्जमा भव्य रथयात्रा सम्पन्न

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today२३ असार २०८१

    वीरगञ्ज // अग्निपथ मिडिया

    Ad
    Ad

    बिश्व  प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज वीरगञ्जमा सम्पन्न भएको छ । गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर टुङ्गिएको थियो । 

    Ad
    Ad

    यस रथयात्रामा हजारौंको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्राका लागि बनाइएको समितिका अध्यक्ष श्याम पोखरेलले गाउँगाउँबाट भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको जानकारी दिए । उनले भने, “गहवामाई मन्दिर प्राङ्गणमा आज साँझ ६ बजेबाट भजन किर्तनको कार्यक्रम हुनेछ ।” साथै, भोलि साँझ ५ बजे महाभंडारा (प्रसाद ग्रहण कार्यक्रम) आयोजना गरिएको पनि उनले जानकारी दिए ।

    Ad

    वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले यो रथयात्राले वीरगञ्जको संस्कृति झल्काउने र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास व्यक्त गरे ।

     


    भक्तजनहरुको व्यापक सहभागिता सुनिश्चित गर्न आज वीरगञ्ज महानगर अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सबै शैक्षिक संस्थानहरु बन्द गर्न अनुरोधसहित सूचना जारी गरेको थियो ।


    आज र भोलि वीरगञ्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु सेवन तथा विक्रि-वितरणमा पनि रोक लगाइएको छ ।

    ताजा सूचना

    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    • वीरगञ्जमा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.