२८ मंसिर २०८२, आइतबार / 14 December 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरा सडक महोत्सवमा देखिएको धार्मिक सद्भाव

    • रामाशंकर साह रामाशंकर साह
    • today१२ पुष २०८०

    १२ पुस, पोखरा ।

    Ad
    Ad
    Ad

    नेपालकै ठूलो दाबी गरिएको पोखरा स्ट्रिट फेस्टिबलको २५ औं संस्करण बिहीबार पोखराको लेकसाइडमा सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)ले बर्षेनी आयोजना गर्ने महोत्सवलाई यस वर्ष रजत जयन्तीका रुपमा मनाउँदैछ ।

    Ad
    Ad
    Ad

    अंग्रेजी नयाँ वर्षको छेको पारेर रेबानले सडक महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा महोत्सव उद्घाटनअघि नेपालका मुख्यमुख्य जातजाति तथा संस्कृतिको झाँकीसहितको र्‍याली निकालिएको थियो ।सयौं मानिस लाइनबद्ध भएर निस्किएको र्‍यालीमा धारापानी भजन समूह र अञ्जुमन इस्लाहुल मुस्लेमिन समूहको झाँकीले सबैको ध्यान केन्द्रित गरेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    हल्लनचोक हुँदै महोत्सवस्थल कोमागाने पार्कतर्फ लागेको र्‍यालीमा जसले पनि उनीहरुको झाँकी देख्थे । खुसी हुँदै मोबाइल तेर्स्याइहाल्थे । कारण थियो, दुई फरक धार्मिक समुदायबीचको सद्भावयुक्त दृश्य । यो मेलामा हाम्रो टोली आउन थालेको यो तेस्रो पटक हो । लक्किली अहिले राम्रो ठाउँमा पर्‍यौं, हेर्नुस् न हामी कति मिलेर हिँडिराखेका छौं’, अञ्जुमन इस्लाहुल मुस्लेमिन समूहको नेतृत्व गरिरहेका अब्बास अलिमियाँले खुसी बाँडे, ‘नेपालमा यो सौहार्दपूर्ण वातावरण छ भनेर देखाउन पायौं ।’

    हिन्दु समुदायको सांस्कृतिक प्रतिनिधित्व गर्ने भजन गीत सुन्दै र्‍यालीमा सहभागी हुन पाउँदा आफूहरुले गौरवान्वित महसुस गरिरहेको नेपाल मुस्लिम युवा समितिका अध्यक्षसमेत रहेका अब्बासले सुनाए । अब्बासको टोली पोखराकै मियापाटनबाट आएको थियो । जहाँ बर्सौंदेखि मुस्लिम समुदाय बसोबास गर्दै आएका छन् । जातीयमात्रै नभएर धार्मिक सद्भाव झल्किने जुनसुकै कार्यक्रममा सहभागी हुन आफूहरुले नेतृत्व गरिरहेको अब्बासले सुनाए ।

    ‘नेपालै यति राम्रो छ । हामी सबै मिलेर बसिराखेका छौं । यसरी मिलेर काम गर्न पाउँदा हामीलाई पनि खुसी लाग्छ,’ अब्बासले भने, ‘अब यसको नेतृत्व युवो लिनुपर्दछ भनेरै हामी अघि सरेका हौं ।’

    ताजा सूचना

    • पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता
    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.