८ कार्तिक २०८२, शनिबार / 25 October 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

    • नाजिर हुसैन नाजिर हुसैन
    • today२७ मंसिर २०८०

    २७ मङ्सिर // अग्निपथ मिडिया 

    Ad
    Ad

    सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।

    Ad
    Ad

    त्रेता युगमा गुरु विश्वामित्र सहित मिथिलाको राजधानी जनकपुरधाममा राजा जनकले आयोजना गरेको धनुष यज्ञमा अयोध्याबाट भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ ।

    जहाँ राम र सीता एकअर्काप्रति आकर्षित भएको र सीताले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

    सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन बुधबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो ।

    त्रेता युगमा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाह भएको दिनको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसँग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २६ गतेबाट सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म चल्ने छ ।

    भोलि बिहीबार धनुष यज्ञ, मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते राम र जानकीको मटकोर तथा पुस १ गते विवाहपञ्चमीको मुख्य दिन रहेको छ । पुस २ गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।

    विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट जन्ती आउने प्रचलन छ । उनीहरुलाई विशेष सम्मानका साथ खानपिन गराउने र दक्षिण दिएर विदाइ गर्ने गरिन्छ ।

    ताजा सूचना

    • छठ पर्वलाई लक्षित गर्दै घडिअर्वा पोखरी छठघाटमा कडा सुरक्षा तयारी
    • छठ पर्वको तयारी अन्तर्गत छपकैया छठघाटमा सरसफाइ अभियान सम्पन्न
    • जनमत नेतृ कंचन गुप्ताको सौजन्यमा वीरगंजमा ब्रतालुलाई साडी र पूजाका सामग्री वितरण
    • छठ पर्वको अवसरमा वीरगंज कारागारमा ७५ थान नयाँ साडी वितरण
    • छठ पर्वको अवसरमा वीरगंज कारागारमा ७५ थान नयाँ साडी वितरण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.