२० भदौ २०८२, शुक्रबार / 05 September 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२५ मंसिर २०८०

    २६ मङ्सिर // अग्निपथ मिडिया 

    Ad
    Ad

    जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु हुन लागेको छ । प्रत्येक वर्ष एक हप्तासम्म मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइसकेको छ ।

    Ad
    Ad

    मंसिर २६ गते देखि सुरु हुने विवाहपञ्चमी एक सातासम्म चल्ने भएकाले यसको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको थियो।

    Ad

    प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइने गरिन्छ। यहाँ विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट समेत लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन्। र यसमा आउनेहरुको संख्यामा दिनानुदिन बढोत्तरी हुँदै गएको छ।

    प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ। मंसिर २६ गतेदेखि सुरु हुने सप्ताहव्यापी कार्यक्रम पुस २ गते राम कलेवा गरी सम्पन्न हुन्छ।

    एक हप्ता सम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर २६ गते मंगलवार जनकपुरधाम नगर दर्शनबाट सुरु हुन्छ। नगर दर्शन जानकी मन्दिरको प्रांगणमा मनाइन्छ। त्यस्तै दोस्रो दिन फूलवारी लिला मनाइन्छ जुन विवाह मण्डपको पार्कमा आयोजना हुने जानकी मन्दिरले जनाएको छ ।

    त्यस्तै तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठ एव विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह र सातौँ दिन राम कलेवा हुन्छ। जसमा जनतीको रुपमा आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरीन्छ। र विधिवत रुपमा एक हप्तासम्म चल्ने विवाहपञ्चमी सम्पन्न हुन्छ।

    ताजा सूचना

    • जनताको पैसामा रजाई, पत्रकारलाई होच्याउने विश्रामपुर गाउपालिकको प्रशासकीय अधिकृत !
    • भीठामोड सीमानाकालाई पर्यटकमैत्री बनाउने तयारी भइरहेको मन्त्री कुशवाहाले जानकारी दिए।
    • वीरगञ्ज महानगरपालिकाद्वारा हैजा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम
    • सुचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति काँग्रेस नेता उपाध्यायको आपत्ति
    • नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा द्वारा ६३औं स्थापना दिवस सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.