झिलिमिली बत्ती तथा माटोको दियोको विक्री बढ्यो
-
मो.सगिर अलि
- today१९ कार्तिक २०८०
२० कार्तिक// अग्निपथ मिडिया
दीपावली नजिकिएसँगै झिलिमिली बत्तिको विक्री बढेको छ ।
होलसेल इलेक्ट्रिक पसलमा बत्ती किन्नेहरूको भिड बढेको छ । पसलका सञ्चालकले चाइनिज झिलिमिली बत्तीको अत्यधिक माग रहेको बताउनुभयो ।
साथै परम्परागत रुपमा प्रयोग हुँदै आएको माटोको दियोको बिक्री पनि उस्तै बढेको छ । पछिल्लो समयमा माटोको दियोलाई कलर गरेर विक्री गर्ने चलन जनकपुरधाममा बढेको छ ।
अहिले साधारण, कलश दियो तथा कलशमा मिथिला पेन्टिङ गरेर बिक्री वितरण भइरहेको छ । माटोको वर्तनलाई चाडपर्वमा शुभ मानिने भएकाले बिक्रीमा वृद्धि भएको हो । पूजा घरमा माटाको दियोको प्रयोग अनिवार्य मानिन्छ ।
तर, पछिल्लो समयमा पित्तलको दियो तथा भाडा बजारमा बिक्री हुन थालेकाले कुमाल जातिको पेशा नै सङ्कटमा पर्ने खतरा रहेको राजेश कुम्हारले बताउनुभयो । पित्तलको दियो तथा कलश एक पटक किनेपछि वर्षौंसम्म चल्ने भएकाले माटोका वर्तनको बिक्रीमा कमी आउन थालेको कुम्हारको भनाइ छ ।