आज महाअष्टमी, वीरगञ्जको गहवामाई शक्तिपीठमा बलि चढाइँदै
-
दिपक सिंह
- today०५ कार्तिक २०८०
५ कार्तिक ,वीरगञ्ज ,पर्स // अग्निपथ मिडिया
बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।
वीरगञ्जको गहवामाई, काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही लगायत शक्तिपीठमा बलि दिने प्रचलन छ ।आजको दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ ।
प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ बिथोल्ने उद्देश्यले भद्रकाली करोडौं योनी–शक्तिका साथ आजकै दिन प्रकट भएको विश्वास छ । १६ वटा पूजा सामग्रीका साथ भद्रकालीको पूजाआराधना गर्छन्, भक्तजनले ।