२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल संवत ११४३ को उत्सव धुमधामका साथ मनाइदै, सबै समुदायको सहभागीता

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today९ कार्तिक २०७९

    अग्नीपथ मिडिया

    Ad
    Ad
    Ad

    वीरगञ्ज ९ कार्तिक ।  नेपाल संवत् ११४३ को अवसरमा वीरगञ्जमा विभिन्न समुदायका व्यक्तिहरुको उपस्थितीमा प्रभातफेरी निकालिएको छ । वीरगञ्जको अलखियामठस्थित बाल उद्यान पार्कबाट नेवार समुदाय मात्रै नभएर फरक फरक समुदायका व्यक्तिहरुको उपस्थितीमा प्रभातफेरी निकालिएको हो ।

    Ad
    Ad
    Ad

    नेवाः दय् दबू पर्सासहित वीरगञ्जबासीको सयुँक्त आयोजनामा निकालिएको प्रभातफेरी बालउद्यान पार्कबाट आदर्शनगर, माइस्थान, घण्टाघरबाट मिनाबजार, ६ नम्बर गेट, गणेशमान चोकबाट बिर्तास्थित नेपाल संवत्को शुरुवात गर्ने राष्ट्रिय विभूति शङ्खधर साख्वाको शालिकमा पुगेर टुंगिएको थियो । 

    Ad
    Ad
    Ad
    Ad

    नेवाः दय् दबू पर्साका अध्यक्ष प्राण राजपतिको अध्यक्षतामा निकालिएको प्रभातफेरीकै क्रममा वीरगञ्जका विभिन्न चोकहरुमा रहेका शहिदहरुका शालिकमा माल्यार्पणसमेत गरिएको थियो । नेपाल संवत सम्पुर्ण नेपालीहरुको भएको हुँदा नेवार समुदाय मात्र नभई सबै समुदायको उपस्थितीमा नेपाल संवत मनाइएको नेवाः दय् दबू पर्साका अध्यक्ष प्राण राजपतिले बताए । नेवारी बाजाको टोलीले बजाएको बाजाले संस्कृतिको संरक्षण हुनुका साथै प्रभातफेरीको रौनक बढाएको थियो ।

    प्रभातफेरीमा मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हिराकाजी श्रेष्ठ, सामाजिक अभियानता प्रकाश थारु, ग्लोबल बिजनेस कलेजका प्रमुख श्रीराम दास, निर्देशक ओम श्रेष्ठ, नेता अजय द्विवेदी लगायत थारु, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता, तामाङ्, आदिवासी जनजाति, मधेशी समुदाय, वीरगञ्ज खड्की समाज लगायत विभिन्न समुदायका व्यक्तिहरुको उपस्थिती रहेको नेवा द दवो पर्साका कार्य समिति सदस्य सौराज प्रधानले जानकारी दिए । 

     

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.