अग्निपथ मिडिया
विरगंज, ०५ कार्तिक
-स्थभंकार राजेश मिश्र
“ए बडा तेजी बा । के ने जातानी ?” तीव्र वेगमा कता जाँदै हुनुहुन्छ ? भन्दै एकजनाले ‘पडोसिया’ (छिमेकी) सँग प्रश्न गरे ।
छिमेकीले प्रतिउत्तर दिंदै भने, “जातानी बजारे । दीपावली के सब सामान किने के बा । आगताहे किन लेतानी ।” भन्दै उनको पाइला बजारतर्फ गतिमान भयो ।
माटोको दियो गाउँमैं किनिसकेको तथा धनतेरसको लागि भाँडो र दीपावलीको लागि पूजन सामग्री, तेल, मैनबत्ती, तरकारी र मिठाइ तथा मवेशीहरूका लागि नयाँ ‘पगहा’ (रस्सी) किनमेलका लागि बजार गइरहेको बताए । यति कुरा सुनेपछि प्रश्नकर्तालाई पनि उद्वेग बढ्यो ।
दीपावली पाँच दिवसीय पर्व हो । धनतेरस, जम (यम) दियरी, लक्ष्मी पूजा, गोवर्धन पूजा र ‘बजडी’ (भाइटीका) गरी पाँच दिन मनाइन्छ । स्थान अनुसार सोहरइया, दियरी–बत्ती, दीपावली वा लक्ष्मी पूजा आदि विभिन्न नामले यस पर्वलाई सम्बोधन गरिन्छ । यद्यपि मधेसमा ‘सोहरइया’ र दियरी–बत्ती’ बढी प्रचलित नाम हो । दीपावलीको अवसरमा घरआँगनको सरसफाइदेखि माता लक्ष्मी, कुकुर, काग, गाई, कृषि उपकरण, औजार र सवारीसाधनको पूजा गरिन्छ । यसका साथै मवेशीहरूको रस्सी फेरिन्छ ।
संस्कृतको ‘दीप + अवलि’ बाट ‘दीपावली’ शब्द बनेको हो । दीपावली शब्दले दियोहरूको पङ्Íिलाई जनाउँछ । दीपावली प्राचीन सनातन चाड हो, जुन हरेक वर्ष शरद ऋतुको कात्तिक महीनाको अमावस्या तिथिमा मनाइन्छ । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वहरूमध्ये दीपावली पनि एक हो । आध्यात्मिकरूपमा दीपावलीले अन्धकारमाथि प्रकाशको विजयलाई दर्शाउँछ ।
यस पर्वकोे धार्मिक र सामाजिक दृष्टिकोणले ठूलो महत्व छ । १४ वर्षको वनवासपछि कात्तिक मासको अमावस्या तिथिमा भगवान् श्रीराम अयोध्यामा पदार्पण गरेको खुशियालीमा अयोध्यावासीद्वारा दीपोत्सव गरिएको हिन्दू ग्रन्थहरूमा उल्लेख छ । अमावस्याको कालो रात दियोको उज्यालोले प्रकाशमान भएको थियो । सोही बेलादेखि प्रकाशको यो महापर्व प्रचलनमा आएको मान्यता छ ।
धनतेरस
धनतेरस दीपावलीको प्रारम्भिक चरण हो । कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा धनवन्तरी त्रयोदशी अर्थात् धनतेरस मनाउने चलन छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने दिन हो ।
धनतेरसका दिन भाँडाकुँडा, सुनचाँदीका गरगहना तथा सिक्का आदि किन्ने परम्परा छ । धनवन्तरीको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उनले हातमा अमृतले भरिएको कलश लिएर प्रकट भएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मानिन्छ ।
समयको गतिसँगै मोटरवाहन, टेलिभिजन, मोबाइल, कम्प्युटर जस्ता वस्तुहरू खरीद गर्न यसै दिनलाई पर्खने चलन स्थापित हुँदैछ । किनभने धनतेरसको अवसरमा कम्पनीहरूले विभिन्न प्रकारका छुट दिने हुनाले मानिसहरू यस विशिष्ट दिनको प्रतीक्षा गरिरहेका हुन्छन।
जम (यम) दियरी
कार्तिक कृष्ण पक्ष चतुर्दशी तिथिमा रातिको समय यमराजलाई इङ्गित गरी घरबाहिर एउटा दियो बालिन्छ । यसैलाई ‘यम दियरी’ भनिन्छ । यमको लागि दियो बालेपछि फर्केर हेर्न नहुने लोकमान्यता छ । यमराजलाई घरभित्र नपस्न र कसैलाई दुःख–कष्ट नपु¥याउन अनुरोध र पूजा गरिन्छ ।
यम दियरीसँग जोडिएको लोककथा यस्तो छ–
एकपटक राजा हिमालयले आफ्नो छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीको मुखबाट विवाह गरेको ठीक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए । विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरीकाले आफ्नो पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् । विवाहको ठीक चौथो दिन उनले कोठाबाहिर गरगहनाको चाङ लगाएर पहाडझैं बनाइन् । उनी पतिसँगै बसेर अनेकानेक धार्मिक गीत, भजन र कथा सुनाउँदै पतिलाई निद्रा नआओस् भनेर भुलाउन थालिन् ।
रात्रिकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई टोक्ने विचारले त्यही ठाउँमा आइपुगे । तर उनले गहनाको चाङ नाघ्न सकेनन् । जसोतसो सर्पको रूपमा यमराज त्यस गहनाको थुप्रोको टुप्पोसम्म पुगेपछि थकाइ लागेकाले आराम गर्न थाले । त्यसै बखत उनको कानमा राजकुमारीले गाइरहेकी सुमधुर गीत र भजनको ध्वनि पुग्यो । यमराज मन्त्रमुग्ध भए । गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो ।
भोलिपल्ट बिहान यमराज खाली हात फर्कनुप¥यो । यसरी राजकुमारीले पतिको जीवनरक्षा गरिन् । यसै घटनापछि मानिसहरूले आफ्नो घरका सदस्यहरूको दीर्घायु, आरोग्य र सुख–समृद्धिका निमित्त रात्रिकालमा घरबाहिर यमराजको बाटो छेक्न एउटा दियो बाल्ने परम्परा छ । यस क्रियाको प्रतीकात्मक अर्थ हो– पारिवारिक सुख, शान्ति र सुस्वास्थ्य ।
लक्ष्मीपूजा
कात्तिक कृष्ण पक्ष अमावस्या तिथिमा लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजाको दिन गोधूलिको समय घरको देवता भएको स्थानमा पूजापाठ गरी दियो बालिन्छ । त्यसपछि गाउँस्थित प्रत्येक देवस्थल, इनार तथा चापाकललगायतका स्थानमा पूजापाठ गरी दीपक बाल्ने चलन छ । द्वारमा रङबिरङ्गी रङ्गोली बनाइन्छ । आजको दिन गच्छे अनुसार पकवान बनाउने तथा मिठाइ बाँडेर प्रेम र सद्भाव एकअर्कासँग साटासाट गरिन्छ ।
लक्ष्मीपूजाको दिन बालबालिका तथा युवकहरूको भने मीठा–मीठा खाने र पटाखा पड्काउनेतर्फ बढी ध्यान केन्द्रित रहन्छ । प्रहरी प्रशासनले जति रोक लगाए तापनि अपवादबाहेक मानिसहरू पटाखाको जोहो गरिहाल्छन् । यस दिन पटखाकै कारण दुर्घटनाका खबरहरू पनि सञ्चारमाध्यमबाट हेर्न र सुन्न पाइन्छ । त्यस कारण दुर्घटनाबाट बच्नको लागि अभिभावक सचेत हुनुपर्छ ।
परुवा
लक्ष्मीपूजाको भोलिपल्ट कार्तिक शुक्ल पक्ष एकम तिथिको दिनलाई मधेसमा ‘परुवा’ भनिन्छ । यस दिन युवती तथा महिलाहरूले घरअगाडि गोबरको गोलाकार घेराभित्र गोधन बनाउने तथा पूजा गर्ने र पीठो तथा बेसारको घोल तयार गरी घरको भित्तामा हातको पञ्जाको छाप लगाउने चलन छ ।
कृषिऔजारदेखि सवारीसाधनसमेतको पूजा गरिनेको हुनाले उहिले परुवाको दिनलाई पूर्णविश्रामको रूपमा लिइन्थ्यो, जुन आजको मानवीय भागदौडको परिप्रेक्ष्यमा विश्राम गर्ने परम्परा शून्य प्रायः छ ।
दरिद्रता खेद्ने परम्परा
गोधन कुट्नु अघि ब्रह्म मुहूर्तमा मधेसमा घरबाट दरिद्रतालाई लखेट्ने परम्परा छ । यसलाई ‘दलिदर खेद्ने’ भनिन्छ । यसको लागि महिलाहरूले डगरा, थाल वा कठरा बजाउँदै र घरको परिक्रमा गर्दै भन्छिन्, “इशर पैसस, दलिदर भागस” अर्थात् घरमा ईश्वरको बास होस् तथा दरिद्रता भागोस् ।
यमलाई बहिनीको चुनौती
पौराणिक कथा अनुसार यमको दरबारमा उच्चपदस्थ अधिकारीलाई कडा दण्ड दिएर पदमुक्त गरिएको थियो । ती कर्मचारीलाई दण्ड त दिइयो, तर यमराजको दरबारको काम प्रभावित हुन पुग्यो । उनको ठाउँमा कसको नियुक्ति गर्ने भन्नेबारे चुनौती थियो । किनभने दण्डित कर्मचारीको पदमा शुद्ध ह्दयको व्यक्ति नै चाहिन्थ्यो । यस्तो अवस्थामा यमकी पत्नीले पृथ्वीलोकबाट एक यस्तो व्यक्तिलाई खोज्न भनिन्, जसमाथि उसको बहिनीले कहिल्यै क्रोधित नभएकी वा श्राप नदिएकी हुन्

भाइ र बहिनीबीच निस्स्वार्थ, निष्कपट र अटुट प्रेम दर्शाउने प्रकृतिमय सनातन संस्कृति अद्भुत छ ।
‘बजडी’ अर्थात् भाइटीका
“गोधन भैया चलेलें अहेरिया,
उनकर बहिनी देली आशिष नु हे…।
जियसु होे मोरे भैया,
जियस लाख बरिष नु हे…।”
उपरोक्त लोकगीतमा गोधनको स्थानमा आआफ्नो दाइ/भाइको नाम जोडेर गीत गाइन्छ ।
कार्तिक शुक्ल पक्ष द्वितीया तिथिको दिनलाई स्थान अनुसार बजडी, भैयादुज वा भाइटीका भन्ने प्रचलन छ । मधेसमा बजडीको रूपमा केराउ प्रयोग गरिन्छ । ‘बजडी खाके अमर होइह’ अर्थात् बहिनीले भाइलाई बजडी खुवाएर अमर हुने आशीर्वाद दिन्छिन् । ‘बजडी’ महोत्सव भन्नाले भाइ–बहिनीबीचको अटुट सम्बन्धलाई जनाउँछ । बजडीको दिन दिदीबहिनीहरूले स्नान गरी नयाँ लुगामा सुसज्जित भई दाइभाइलाई टीका लगाउँछन्, आरती गर्छन् र बजडी खुवाएर दीर्घायुको आशिष दिन्छन् ।
जीवित संस्कृति र परम्परा
आज भलै मानिसहरू ‘वन टच’ र ‘वन क्लिक’मा आफ्नो भावना शेयर गरिरहेका छन्, तर कुनै गाउँको चौबाटोमा बहिनीहरूले गोधन कुटिरहेको दृश्य नै हाम्रो संस्कृतिको अभिन्न अङ्ग हो । दाइभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने अद्वितीय शैली संसारमा अन्यत्र पाइँदैन ।
दीपावली जस्तो पाँच दिवसीय अद्भुत सनातन लोकसंस्कृति संसारमा अन्यत्र कहीं पाइँदैन ।
असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ।।