३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • “छठ पर्वको तयारीमा वीरगञ्जको ऐतिहासिक घडिअर्वा पोखरीमा ६० प्रतिशत काम सम्पन्न वातावरण सरसफाइ र सजावट तीव्र”

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ कार्तिक २०८२

    वीरगञ्ज ०६ कार्तिक वीरगञ्जको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घडिअर्वा पोखरी छठघाटमा यस वर्षको छठ पूजाको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार हालसम्म करिब ६० प्रतिशत तयारी सम्पन्न भइसकेको छ। समितिले स्वास्थ्य, सरसफाइ र सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिएको छ। सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यापक परिचालन गरिनेछ भने स्वयंसेवकहरू समेत सक्रिय रूपमा खटिने छन्।

    Ad
    Ad
    Ad

    वीरगञ्ज महानगरपालिकाको सहकार्यमा पोखरी परिसरबाहिर खानेपानीका टंकीहरू राख्ने व्यवस्था मिलाइएको छ। समितिका अनुसार करिब २५ लाख रुपैयाँ बराबरको बजेटमा सम्पूर्ण तयारीहरू गरिँदै छन्। यस वर्षको छठ पर्वमा घडिअर्वा पोखरीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन लगायत जिल्लाहरूबाट मात्र नभई भारतका पूर्वी चम्पारण, मुजफ्फरपुर, पटनासम्मका श्रद्धालुहरू आउने अनुमान गरिएको छ। करिब दुई लाखभन्दा बढी भक्तजनको उपस्थिति हुने अपेक्षा गरिएको छ। अध्यक्ष साहले जानकारी दिएअनुसार, “छठ पूजाका लागि कुनै किसिमको दस्तुर वा शुल्क लिइँदैन। हामी पूर्ण रूपमा निःशुल्क सेवा प्रदान गर्छौं र समान पहुँच सुनिश्चित गर्छौं।

    Ad
    Ad
    Ad

    यहाँ कुनै प्रकारको काखापाखी हुँदैन,” उनले स्पष्ट पारे। सांस्कृतिक तथा धार्मिक महत्व बोकेको यो पर्वलाई भव्य बनाउन पोखरी क्षेत्रको सजावट, प्रकाश व्यवस्था, सरसफाइ र अन्य व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। समितिले भक्तजनलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यका साथ सम्पूर्ण तयारीमा तीव्रता दिएको जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.