३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा सिरडी साईं बाबा मन्दिरको ७औं वार्षिकोत्सव तथा भव्य पाल्की यात्रा सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today५ कार्तिक २०८२

    वीरगञ्ज ०५ कार्तिक वीरगञ्जस्थित सिरडी साईँ बाबा मन्दिर सेवा ट्रस्ट परिवारद्वारा आयोजना गरिएको ७औं वार्षिकोत्सव तथा भव्य पाल्की यात्रा कार्यक्रम आज अत्यन्त श्रद्धा, भक्ति र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा ट्रस्टका अध्यक्ष प्रवेश कुमार सरार्फ, उपाध्यक्ष सञ्जय प्रसाद कुश्वाहा, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष बासुदेव सहनी, सदस्यहरू मनोज कुमार रौनियार, राकेश कुमार लगायतका पदाधिकारी, सदस्य तथा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    उक्त पाल्की यात्रा गिता मन्दिर रोडस्थित श्री साईँ बाबा मन्दिरबाट प्रारम्भ भई माईस्थान, अलखियामाठ, आदर्शनगर हुँदै मकालु होटल र घडिअर्वा चौक मार्ग हुँदै पुनः मन्दिर परिसरमै पुगेर समापन गरिएको थियो। यात्राका क्रममा साईँ भजन, कीर्तन, धूप–दीप, फूलमालाले वातावरण पूर्ण रूपमा भक्तिभावले भरिएको थियो। कार्यक्रमलाई सभ्य र भव्यरूपले सम्पन्न गरिएको ट्रस्टका अध्यक्ष सरार्फले जानकारी दिए। उनका अनुसार पाल्की यात्रा पश्चात् मन्दिरमा विशेष पूजाआजा तथा आरती कार्यक्रम सम्पन्न गरिएको छ।

    Ad
    Ad
    Ad

    त्यसपछि दिउँसो २ बजेदेखि भण्डारा (महाप्रसाद वितरण) कार्यक्रमको आयोजना गरिएको र बेलुका देखि सामूहिक सत्सङ तथा भजन कीर्तन कार्यक्रम सञ्चालन गरिने आयोजक समितिले जनाएको छ। यस भव्य अवसरले वीरगञ्जको धार्मिक र सांस्कृतिक परिवेशमा साईँ भक्तिभाव, एकता र सामूहिक सहभागिताको सुन्दर सन्देश फैलाएको सहभागी भक्तजनहरूले प्रतिक्रिया दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.