२० भदौ २०८२, शुक्रबार / 05 September 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ‘विकास र न्यायको लागि जनमतको विकल्प छैन’

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१३ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया 

    Ad
    Ad

    १४ माघ, वीरगन्ज | खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र रोजगारीका लागि जनमत पार्टीको कुनै विकल्प नरहेको बताएका छन् ।

    Ad
    Ad

    डा.सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री खानले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा जनमत पार्टीले मात्र गर्नसक्ने बताउँदै सामाजिक न्याय, समाजवाद र अग्रगामी परिवर्तनका लागि आफ्नो पार्टी अगाडि बढेको बताए। रौतहटको गरुडा र राजपुर नगरपालिका–४ राजपुरमा शुक्रवार जनमत पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा उनले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरुलाई जनताले पटक पटक जिताएर सत्तामा पुरयाए पनि उनीहरुले जनताको लागि केही गर्न नसकेको बताए । कांग्रेस र कम्युनिष्टहरुलाई जनताले पटक पटक अवसर दिए पनि उनीहरुले जनताको समस्या समाधान गर्न नसक्नु दुर्भाग्य रहेको बताउँदै उनले जनताको हरेक समस्या समाधान गर्नका लागि जनमत पार्टी सरकारमा सहभागी भएको बताए । देशमा विद्यमान समस्याको रुपमा रहेको महंगी र भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, न्याय, शिक्षा, स्वास्थ्य, बेरोजगारी लगायतका समस्या जनमत पार्टी बाहेक अरु कसैले गर्न नसक्ने दाबी गर्दै उनले देशको हरेक समस्या आफनो पार्टीले मात्र समाधान गर्नसक्ने भएकोले देश बनाउन कसैको प्रलोभनमा नपरी निर्धक्क भएर जनमत पार्टीमा लाग्न आम जनतालाई आग्रह गरे । आफ्नो पार्टी पहिलो पटक सरकारमा सहभागी भइ जनतालाई प्रत्यक्ष लाभ हुने खालका नयाँ नयाँ योजना ल्याउन लागेको बताउँदै मन्त्री खानले प्रत्येक घरमा स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी मन्त्रालयले चाडैं एक घर एक धाराको योजना ल्याउन लागेको बताए । अबको दुई वर्ष भित्रमा नेपाललाई नै साक्षर घोषणा गर्ने लक्ष्यका साथ आफूले काम सुरु गरेको बताउँदै उनले एक वर्ष भित्र खानेपानीसंग सम्बन्धित धेरै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । जनमत पार्टीबाट पहिलो पटक मन्त्री बनेका खान खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेर रौतहट आएपछि जनमतका नेता कार्यकर्ताहरु निकै उत्साहका साथ कार्यक्रम आयोजना गरेको थियो । ।

     

    ताजा सूचना

    • जनताको पैसामा रजाई, पत्रकारलाई होच्याउने विश्रामपुर गाउपालिकको प्रशासकीय अधिकृत !
    • भीठामोड सीमानाकालाई पर्यटकमैत्री बनाउने तयारी भइरहेको मन्त्री कुशवाहाले जानकारी दिए।
    • वीरगञ्ज महानगरपालिकाद्वारा हैजा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम
    • सुचिकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति काँग्रेस नेता उपाध्यायको आपत्ति
    • नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखा द्वारा ६३औं स्थापना दिवस सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.