१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मातातीर्थमा आगलागीपछि प्राधिकरणको द्रूत रफ्तार: विद्युत् आपूर्ति पुनःसुचारु

    • बिराज यादव बिराज यादव
    • today१ बैशाख २०८२

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेशन अन्तर्गतको ११ केभी फिडर लाइनहरूमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो अचानक आगलागी भएको छ। उक्त घटनाका कारण केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको आपूर्ति प्रभावित भए पनि अधिकांश क्षेत्रमा हिजैदेखि आपूर्ति पुनःस्थापित भइसकेको प्राधिकरणले जानकारी दिएको छ।

    Ad
    Ad
    Ad

    भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्पष्ट पार्नुभयो। उनका अनुसार ब्रेकर प्यानलको स्विच सञ्चालन गर्ने क्रममा ‘स्पार्क’ भई आगलागी भएको हो। “जलेका उपकरण ठेकेदारले प्रतिस्थापन गर्नेछ,” उनले बताए। बूढानिलकण्ठ र चपली सबस्टेशनबाट आवश्यक स्वीचगियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको शाक्यले जानकारी दिनुभयो। उनका अनुसार तत्कालका लागि स्युचाटार सबस्टेशनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ।

    Ad
    Ad
    Ad

    “केही गलत सूचना बाहिरिएको छ, अधिकांश क्षेत्रमा हिजै आपूर्ति बहाल भइसकेको हो। केवल चन्द्रागिरि आसपासको केही क्षेत्र मात्र बाँकी छ, जुन आजभित्रै व्यवस्थापन गरिनेछ,” कार्यकारी निर्देशक शाक्यले बताए। यस घटनाले काठमाडौँ उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता माथि पनि प्रश्न उठाएको छ। भूमिगत पाइपलाइन प्रणालीको स्थायित्व र सम्भावित जोखिमहरूबारे थप अध्ययन आवश्यक रहेको देखिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक सुधार र जोखिम मूल्यांकनका उपायहरू अपनाइनुपर्ने देखिएको छ। शाक्यले पनि प्राविधिक त्रुटिको यथार्थ पत्ता लगाई भविष्यमा यस्ता समस्या पुनः नदोहोऱिने गरी आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    ताजा सूचना

    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    • रवि लामिछानेको सम्पत्ति छानबिनमा अदालतको अन्तरिम रोक
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.