२६ मंसिर २०८२, शुक्रबार / 12 December 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • घण्टाघरको घडीमा अब मान्छेले दिनुपर्दैन दम !

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१८ मंसिर २०८१

    काठमाडौं । त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको अवस्था अब के हुन्छ भन्ने आमचासो छ ।

    Ad
    Ad
    Ad

    यो चासो अब भने साम्य भएको छ, अर्थात् क्याम्पस परिसरमा रहेको घण्टाघरको घडी पुनर्निर्माणपछि पनि पुरानै स्वरूपमा रहने छ तर अहिले जस्तो घडीलाई नियमित रूपमा दम दिन भने नपर्ने भएको छ ।

    Ad
    Ad
    Ad

    आजको गोरखापत्र दैनिकमा समाचार छ, क्याम्पस पुनःनिर्माणका क्रममा राणाकालीन भवन तथा त्यस ठाउँको चिनारीका रूपमा रहेको घण्टाघर तथा घडीलाई पनि पुरानै स्वरूपमा राख्नुपर्ने आममानिसको मागबमोजिम संरचनाको कुनै पनि स्वरूप नबिग्रने गरी प्रबलीकरणको काम भइरहेको निर्माण कम्पनी न्यु टेक्निकल इन्फ्रा प्रालिले जनाएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    उक्त कम्पनीका परियोजना व्यवस्थापक सुशील थापाले पुरानै शैलीमा घडीमा नियमित रूपमा दम दिन जनशक्तिको अभाव भएका कारण प्रणालीले आफैँ दम दिने गरी निर्माण गर्न लागिएको जानकारी दिए ।

    उनका अनुसार घण्टाघरमा पुरानै घडी राखिने छ भने त्यस घडीले पुरानै शैलीमा आवाज पनि दिने छ । ‘पुरानो स्वरूप नबिग्रियोस् भन्नेमा हामी सचेत छौँ । पुरानो घडीमा नियमित दम दिन एक जना कर्मचारी मात्रै रहनुभएको रहेछ । उहाँले अवकाश पाएपछि घडीमा दम दिने मान्छे पनि रहने छ’, थापाले भने, ‘जनशक्ति अभाव भएको अवस्थामा घडी चल्न नै नछोडोस् भनेर प्रणाली आफैँले दम दिने व्यवस्था गर्न लागेका हौँ । अरू केही पनि नयाँ संरचना थपिँदैन ।’

    क्याम्पस प्रमुख नीलम श्रेष्ठ प्रधानले पनि घडीको पुरानो स्वरूप नबिगार्न भवन निर्माणका लागि बजेट विनियोजन गरिदिएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र निर्माण कम्पनीलाई अनुरोध गरेको बताइन्।

    ताजा सूचना

    • पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता
    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.