११ असार २०८३, बिहिबार / 25 June 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटमा दुई पसलमा शृङ्खलाबद्ध चोरी, दुई युवक पक्राउ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१३ मंसिर २०८१

    रौतहटको गौर नगरपालिकामा शृङ्खलाबद्ध चोरीको घटनामा संलग्न दुई युवक पक्राउ परेका छन्। रातको समयमा दुईवटा पसलमा ताल्चा फुटाएर चोरी गर्दै गरेका युवाहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो।

    Ad
    Ad
    Ad

    राति करिब १२:३० बजे, गौर नपा–५ स्थित चौधरी मार्केटमा रहेको नवाब अलीको नेशनल मोबाईल एश्सोरिज पसलमा ताला फुटाएर १५ वटा मोबाईल र अन्य इलेक्ट्रोनिक्स सामान चोरी भएको थियो। उक्त घटनामा संलग्न राजदेवी नगरपालिका–९ ब्रहमपुरीका शिवजी मण्डल (१९) र रामदेव मण्डलका छोरा निरज मण्डल (१८) पक्राउ परेका हुन्।

    Ad
    Ad
    Ad

     

    चोरीको शृङ्खला यहाँ मात्र रोकिएन। करिब १:३० बजे ती युवकहरूले गौर नपा–५ स्थित जनकनन्दन पटेलको गौर इन्टरप्राइजेज पसलको ताला फुटाएर ४ वटा मोबाईलसहित अन्य सामग्री चोरी गरिरहेका थिए। स्थानीय बासिन्दाको सहयोगमा प्रहरी गस्ती टोलीले ती दुई जनालाई पसलभित्रै समातेको हो।

    Ad
    Ad
    Ad
    Ad

      प्रहरीका अनुसार, पक्राउ परेका युवकहरूविरुद्ध नकबजनी चोरी अभियोगमा मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ। चोरीमा संलग्न अन्य सम्भावित व्यक्तिहरु र सामग्रीको खोजी भइरहेको प्रहरीको भनाइ छ।

         चोरीका घटनाले स्थानिय व्यवसायीहरु त्रसित बनेका छन्। यस घटनाले नगरको सुरक्षामा गम्भीर प्रश्न उठाएको भन्दै व्यापारीहरूले सुरक्षा व्यवस्थाको पुनरावलोकन गर्न माग गरेका छन्। (रौतहट संवाददाता)

    ताजा सूचना

    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    • पोखरामा चोरी तथा डाँका मुद्दाका २ आरोपी पक्राउ लाखौँ मूल्यका गरगहना बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.