१० असार २०८३, बुधवार / 24 June 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ

    • दिलखुस देवान दिलखुस देवान
    • today१३ मंसिर २०८१

    वीरगन्ज । बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

    Ad
    Ad
    Ad

    आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको उनको हत्या गरिएको थियो । त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई गएराति पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

    Ad
    Ad
    Ad

    प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको उनले पुष्टि गरेका छन् । करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता सापकोटा बताउँछन् ।

    Ad
    Ad
    Ad
    Ad

    मुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका कुशवाहालाई बिहीबार बिहान ९ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बारा प्रहरीले तयारी गरेको छ ।

    गएको ३२ जेठमा घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो ।

    घाइते कुशवाहाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । गोली लागेपछि घाइते भएका क्याम्पस प्रमुख कुशवाहा त्यही बेला मृत्युकालीन घोषणा गरेका थिए । गोली प्रहारबाट घाइते भएपछि कुशवाहाले त्यसबखत सर्वसाधारणबाट भिडिओ रेकर्ड गर्न लगाएका थिए ।

    जहाँ उनले भनेका थिए, ‘गाउँकै सुरेन्द्र कुशवाहाले आफूमाथि गोली प्रहार गरेको छ, व्यक्तिगत रिसिबीका कारण गोली प्रहार गर्‍यो ।’ यही मृत्युकालीन भिडिओलाई आधार मानेर प्रहरीले मुद्दा दर्ता गरी खोजविन सुरु गरेको थियो ।

    सोही क्रममा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेका पूर्व सेनाका जवानसमेत रहेका कुशवाहालाई पक्राउ गरेको हो ।

    ताजा सूचना

    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    • पोखरामा चोरी तथा डाँका मुद्दाका २ आरोपी पक्राउ लाखौँ मूल्यका गरगहना बरामद
    • ब्राउन सुगरका ठूला खेलाडी माथि विशाल मल्लको एक्सन
    • वीरगञ्जमा वडा सदस्यहरूसँग कार्यवाहक नगर प्रमुख आलम द्वारा अन्तरक्रिया
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.