१७ असार २०८२, मंगलबार / 01 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पत्रकार हरिशंकर शर्मालाई फसाउने गम्भीर षड्यन्त्र भएको आशङ्का

    • अशोक यादब अशोक यादब
    • today१२ मंसिर २०८१

    वीरगञ्ज । पर्साका सक्रिय पत्रकार हरिशंकर शर्मालाई फसाउने गम्भीर षड्यन्त्र भएको आशङ्का गरिएको छ । ज्यान मार्ने कसुरमा १० वर्ष र हातहतियार मुद्दामा ३ वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति अपहरणमा परेको घटना र यसमा प्रहरी तथा पत्रकारलाई एकैसाथ संलग्न गराउने प्रयासले यस प्रकरणलाई थप रहस्यमय बनाएको छ ।

    Ad
    Ad

    अपहरणमा परेको भनिएका व्यक्ति प्रहरीलाई भेट्न जिल्ला प्रहरी कार्यालय पुगेको र पैसा लिएर ‘सम्झौता गरिदिन’ पत्रकारसँग अनुरोध गरेको विवरणले घटनाको पृष्ठभूमि आर्थिक लेनदेनसँग जोडिएको हुनसक्ने सङ्केत गरेको छ । यस्तै, अपहरण भएको स्थान भनिएको रक्सौलबाट ती व्यक्ति वीरगञ्जको बसपार्कसम्म आएर पत्रकारलाई भेट्नु, उनी पत्रकारसँगै पक्राउ परेका इनर्वाका सन्तोष दासबिचको सम्बन्ध, र अपहरणमा परेको भनिएका शेख भोलासँग सन्तोषको पुरानो मित्रताको तथ्यले पनि घटनालाई गम्भीर बनाएको छ ।

    Ad
    Ad

    जानकारीअनुसार, जेलमा रहेका बेला चौकीदार रहेका शेख भोला र सन्तोष दासबिच मित्रता स्थापित भएको थियो । भोलाले प्रहरीसमक्ष दिएको बयानमा सन्तोषको समूहले उनीबाट चेक, मोटरसाइकल, बिलबुक, लाइसेन्स र नागरिकताको प्रतिलिपि लिएको बताएका छन् । तर, हरिशंकर शर्मा कुनै पनि बेला त्यहाँ उपस्थित नभएको बताइएको छ ।

    Ad

    पत्रकार पक्राउ परेपछि तस्करीका नाइकेहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर दबाब सिर्जना गर्न खोज्नु, प्रहरीले अपहरणको घटनामा ५० हजार रकम बरामद गरे पनि यसको वास्तविकता अझै प्रस्ट नहुनुले घटनालाई तोडमोड गर्ने प्रयास भएको हुनसक्ने शङ्का गरिएको छ ।

    घटनाको केही दिनअघि हरिशंकर शर्माले जेलमा रहेका कैदीहरू राति एक विवाह समारोहमा नाचगान गरिरहेको भिडियो भेटेका थिए । उक्त भिडियो हेर्दै शर्माले जिल्ला कारागारका जेलर र एसपीलाई कल गरे तर फोन नउठेपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई सम्पर्क गरेर घटनाको जानकारी गराएका थिए । सिडिओले ‘म बुझ्छु’ भनेपछि शर्माले भिडियो सिडिओलाई पठाएका थिए ।

    भिडियो सिडिओले प्राप्त गरे लगत्तै कारागारमा छानबिन गर्न निर्देशन दिए । घटनापछि कारबाहीबाट जोगिन जेलका डनहरूले प्रहरी र तस्करहरूसँग मिलेर पत्रकारलाई फसाउने योजना बनाएको स्रोतले दाबी गरेको छ ।

    हरिशंकर शर्मालाई पक्राउ गरेको २४ घण्टा बितिसक्दा पनि पर्साका प्रमुख जिल्ला अधिकारीलाई प्रहरीले बिफ्रिङ नगर्नुले प्रशासन र प्रहरीको भूमिकाप्रति प्रश्न उठाएको छ । सिडिओ अर्यालले ‘केही समयअघि मात्रै प्रहरीबाट ब्रिफिङ पाएको’ बताएका थिए । यसबारे पत्रकार महासङ्घले पर्साका प्रहरी अधिकारीहरूसँग बुझ्न खोज्दा भेट्नसमेत अस्वीकार गर्नुले शङ्का थपिएको छ ।

    पत्रकार शर्मामाथि पेशेवर अपराधीसरह व्यवहार गर्नु, परिवारलाई भेट्न रोक लगाइनु, र प्रहरीले अनुसन्धान प्रक्रियामा पर्याप्त पारदर्शिता नदेखाउनुले यस घटनाले गहिरो षड्यन्त्रको सङ्केत गरेको छ । अदालतले शर्मालाई अनुसन्धानका लागि ७ दिनको म्याद दिएको छ ।

    घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पत्रकार महासङ्घले जोडदार माग गरेको छ ।

    ताजा सूचना

    • शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने, विभागको सतर्कता आग्रह
    • एसईई नतिजा : गणितमै सबैभन्दा बढी विद्यार्थी फेल, १ लाख २८ हजार ननग्रेडेड
    • बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी एसईईमा सफल
    • गर्भपतन मुद्दा - सुनिता यादव ७५ हजार धरौटीमा रिहा, मुद्दा मिलान वापत पूर्वमेयर लोकनारायण यादबले उपहार स्वरुप पाउने ४ कठ्ठा, सत्ताको संरक्षणमा न्यायमाथि खुला हमला!
    • ऊर्जा सहकार्यमा नयाँ युगको सुरुआत: मन्त्री खड्काले चीनसँग गरेको भेटले खोल्यो सम्भावनाको ढोका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.