३ चैत्र २०८२, मंगलबार / 17 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिवलिङ्ग तोडफोड, प्रदर्शनमा उत्रिए स्थानीय

    • अशोक यादब अशोक यादब
    • today६ मंसिर २०८१

    वीरगञ्ज। महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा रहेको शिवलिङ्ग अज्ञात व्यक्तिहरूले तोडफोड गरेपछि स्थानीय हिन्दु समुदाय आक्रोशित बनेका छन्। घटनाको विरोधमा हजारौँ युवा सडकमा उत्रिएर टायर बाल्दै प्रदर्शन गरिरहेका छन्।

    Ad
    Ad
    Ad

    यस प्रदर्शनका कारण जनकपुर–जलेश्वर सडक खण्ड बिहान १० बजेदेखि अवरुद्ध भएको छ। प्रदर्शनकारीहरूले केही सवारी साधनमा तोडफोडको प्रयास गरेका छन्, जसले स्थिति झनै तनावग्रस्त बनाएको छ। स्थानीयले मन्दिर तोडफोडको दोषीको पहिचान गरी कडा कारबाहीको माग गर्दै सडकमा प्रदर्शन गरिरहेका छन्।

    Ad
    Ad
    Ad

    प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल सिंहको नेतृत्वमा घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। यद्यपि, आक्रोशित प्रदर्शनकारीलाई नियन्त्रण गरी सडक खुलाउन प्रहरीको प्रयास असफल भएको छ। प्रदर्शनकारीहरूले भने, जबसम्म दोषीलाई पक्राउ गरेर कडा कारबाही नगरी समाधान हुँदैन, तबसम्म उनीहरू आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    स्थानीय स्रोतका अनुसार, शिवलिङ्गको तोडफोड गए राति गरिएको हो, र घटनामा संलग्नको पहिचान अहिलेसम्म गर्न सकिएको छैन। महोत्तरी प्रहरीले घटनाको गम्भीरतासमेत लिँदै अनुसन्धान सुरु गरेको छ। महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी सन्तु जयसवालले भने, “स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका छन् र यस घटनाको समाधानका लागि हामीले प्रयास गरिरहेका छौं।”

    यस घटनाले पिपरा क्षेत्रमा स्थिति थप संवेदनशील बनाएको छ र शान्ति व्यवस्था कायम राख्न प्रहरीले थप सतर्कता अपनाएको छ।

    ताजा सूचना

    • ग्यासको कृत्रिम अभाव रोक्न उद्योगी र वितरकलाई विभागको चेतावनी
    • जल तथा मौसम विज्ञान विभागले नेपालका केही स्थानमा हावाहुरीको चेतावनी जारी गर्यो
    • डरलाग्दो गहना पसलमा लुटपाट: १७ लाख डलरको सामान केवल १ मिनेटमा लुटियो
    • हिन्दु राष्ट्रको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मुस्लिम क्लस्टरबाट ताहिर अलि सांसद, समर्थन र आलोचना दुवै तीव्र
    • नयाँ र पुरानो राजनीतिमा कति फरक?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.