१७ असार २०८२, मंगलबार / 01 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा–बारा औद्योगिक करिडोरका ७ सिमेन्ट उद्योग बन्द हुदाँ १ हजार जनाको रोजगारी गुम्यो

    • अमन गुप्ता अमन गुप्ता
    • today५ मंसिर २०८१

    वीरगंज | ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा तथा बजार साँघुरिदै गएपछि पर्सा–बारा औद्योगिक करिडोरका एक दर्जनमध्ये ७ वटा सिमेन्ट उद्योग बन्द भएका छन् । तीन वर्षयता यहाँका सिमेन्ट उद्योग धमाधम बन्द हुन थालेका हुन् ।

    Ad
    Ad

    हालसम्म कलश, इन्टरनेशनल, रिलायन्स, एडवान्स, आरएमसी, कृष्णा, स्टार सिमेन्ट उद्योग बन्द भइसकेका छन् । विश्वकर्मा, त्रिशक्ति, अम्बे, शुभश्री जगदम्बा र शालिमार सिमेन्ट उद्योग मात्र हाल आंशिक क्षमतामा सन्चालनमा छन् ।

    Ad
    Ad

    कलश सिमेन्ट उद्योगका सन्चालक एंव वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल आर्थिक शिथिलतापछि निर्माण कार्य ठप्प प्रायः भएको र होङ्शी, हुवासिन जस्ता ठूला उद्योग बजारमा आक्रामक रुपले आएपछि प्रतिस्पर्धा गर्न नसक्दा करिडोरका सिमेन्ट उद्योग बन्द हुन थालेको बताउँछन् ।

    Ad

    ‘एकातिर चिनियाँ लगानीमा स्थापना भएका ठूला उद्योगले आक्रामक रुपमा बजार लिए, अर्कोतिर आर्थिक मन्दीको पनि असर पर्न गयो,’ उनले भने, ‘खपत भन्दा बढी उत्पादन हुन थाल्यो, यस्तो अवस्थामा अधिकांश सिमेन्ट उद्योग रुग्ण हुँदै गए ।’

    कतिपय ठूला सिमेन्ट उद्योगले भारत तर्फ निकासी गरिरहँदा पर्सा–बारा करिडोरका उद्योगले भने मूल्यमै प्रतिस्पर्धा गर्न नसकेको अग्रवाल बताउँछन् । ‘सरकारले सिमेन्ट निकासीमा ८ प्रतिशत अनुदान दिने घोषणा ग¥यो,’ उनले भने, ‘अर्कोतिर भारतले अघोषित रुपमा आफ्नो मुलुकमा सिमेन्ट आयातमा रोक लगायो, नेपाली सिमेन्ट उद्योगलाई ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड दिएन ।’

    पर्सा–बारा करिडोरका साना सिमेन्ट उद्योगहरु ५० देखि १ सय करोड र ठूला उद्योग २ सयदेखि ३ सय करोड रुपैयाँ लगानीमा स्थापना गरिएको अग्रवालले बताए । करिडोरका ७ सिमेन्ट उद्योगहरु बन्द हुँदा १ हजार जनाले प्रत्यक्ष रुपमा रोजगारी गुमाएको पनि उनले बताए ।

    पछिल्लो समय क्लिंकर, कोइला, खरानीलगायत सिमेन्टको कच्चा पदार्थको मूल्य बढेर उत्पादन लागत समेत ह्वात्तै बढेकाले ठूला उद्योगले मूल्यमै कडा प्रतिस्पर्धा दिएपछि साना उद्योग टिक्न नसक्ने अवस्था आएको अग्रवाल बताउँछन् ।

    सिमेन्ट उद्योगहरु संकटमा पर्दा सरकारले तीनको संरक्षण गर्नु भन्दा कच्चा पदार्थमै चर्को भन्सार शुल्क लगाएर झनै हतोत्साहित गर्ने काम गरेको उनको आरोप छ । यस्तो अवस्थामा सरकारले रुग्ण सिमेन्ट उद्योगलाई जोगाउन विशेष प्याकेज नै घोषणा गर्नुपर्ने उनले बताए ।

    इन्टरनेशनल सिमेन्ट उद्योगका सन्चालक सन्दीप अग्रवालले सिमेन्टको माग घटेको र उत्पादन बढ्दै गएको अवस्थामा ठूला सिमेन्ट उद्योगहरु आक्रामक रुपले आएपछि प्रतिस्पर्धा गर्न नसकेर अढाई वर्षअघि आफूले उद्योग बन्द गरेको बताए ।

    पछिल्लो समय प्रति बोरा ३० देखि ३५ रुपैयाँ उत्पादन लागत बढेको अवस्थामा ठूला उद्योगले मूल्यनै प्रति बोरा ५० देखि ७५ रुपैयाँ घटाएपछि बजार धराशायी हुन गएको अग्रवाल बताउँछन् ।‘हामीले लामो समय स्थिति सुध्रिन्छ कि भनेर प्रतिक्षा नगरेको होइन,’ उनले भने, ‘तर स्थितिमा सुधार नआएपछि हार मानेर उद्योग बन्द गर्नु प¥यो ।’

    वीरगन्ज उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष माधवराज पाल रुग्ण भएका सिमेन्ट उद्योगलाई बचाउन निजगढ–काठमाडौं द्रुतमार्ग र अन्य राष्ट्रिय गौरवका आयोजनाको काम तत्कालै सुरु गर्नुपर्ने बताउँछन् ।

    ‘विकास निर्माण र राष्ट्रिय गौरवका आयोजनाको काम सुरु गरिए त्यसको लाभ निर्माण क्षेत्रसँग सम्बन्धित सबै उद्योग व्यवसायले पाउँछन्,’ उनले भने, ‘अन्यथा सिमेन्ट उद्योग मात्र नभई फलामलगायत अन्य उद्योग पनि धराशायी हुँदै जानेछन् ।’

    ताजा सूचना

    • शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने, विभागको सतर्कता आग्रह
    • एसईई नतिजा : गणितमै सबैभन्दा बढी विद्यार्थी फेल, १ लाख २८ हजार ननग्रेडेड
    • बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी एसईईमा सफल
    • गर्भपतन मुद्दा - सुनिता यादव ७५ हजार धरौटीमा रिहा, मुद्दा मिलान वापत पूर्वमेयर लोकनारायण यादबले उपहार स्वरुप पाउने ४ कठ्ठा, सत्ताको संरक्षणमा न्यायमाथि खुला हमला!
    • ऊर्जा सहकार्यमा नयाँ युगको सुरुआत: मन्त्री खड्काले चीनसँग गरेको भेटले खोल्यो सम्भावनाको ढोका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.