२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आईज नेपालको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३० आश्विन २०८२

    वीरगंज ३० असोज अपाङ्गता भएका व्यक्तिहरुको हितका लागि कार्यरत संस्था आईज नेपाल (EYES Nepal) द्वारा आयोजना गरिएको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनाथ नारायण सुवेदी तथा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल रहेका थिए। प्रमुख अतिथि सुवेदीले आईज नेपालले दृष्टिबिहिन तथा अन्य अपाङ्गता भएका बालबालिकाको जीवनस्तर सुधारका लागि गर्दै आएको योगदानको प्रशंसा गर्दै निरन्तर यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताए। सभाको अवसरमा दृष्टिबिहिन बालबालिकाहरुलाई ब्याग तथा शैक्षिक सामग्री वितरण पनि गरिएको थियो। यस वितरण कार्यक्रममार्फत विद्यालय जाने बालबालिकालाई अध्ययनमा सहजता र आत्मबल वृद्धि हुने विश्वास लिइएको छ। कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, समाजसेवी ओम प्रकाश सराफ, मीरा जयसवाल, सरस्वती सिंह, शशीलता गिरी, शुशिला भण्डारी, उषा साह लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। संस्थाकी अध्यक्ष रुपशिला जैसवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, अभिभावक तथा बालबालिकाको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष जैसवालले संस्थाले अपाङ्गता भएका बालबालिकाको शिक्षा, आत्मनिर्भरता र समान अवसर सुनिश्चित गर्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाइन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.