सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढ्यो
-
अशोक यादब
- today०५ मंसिर २०८१
वीरगंज । नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।