२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • निजगढ प्रहरीले फरार पाँच प्रतिवादी पक्राउ, एक जनाले गर्‍यो आत्मसमर्पण

    • रुस्तम देवान रुस्तम देवान
    • today५ मंसिर २०८१

    वीरगंज | बारा जिल्लाको निजगढमा प्रहरीको सक्रियताले फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाको नेतृत्वमा खटिएको टोलीले निजगढ नगरपालिका क्षेत्रका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

    Ad
    Ad
    Ad

    पक्राउ परेका व्यक्तिहरूमा निजगढका खडकराज मैनाली, सागर राई, माया गोले, बालकृष्ण थापा, र इन्दीरा थापा रहेका छन्। यी सबैजनालाई बारा जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेको थियो। मैनाली र राईलाई जरिवाना बुझाएर रिहा गरिएको छ भने अन्य तीन जनालाई जिल्ला अदालतमा बुझाइएको छ।

    Ad
    Ad
    Ad

    खडकराज मैनालीलाई चेक अनादरको मुद्दामा ५ सय रुपैयाँ जरिवाना र सागर राईलाई सवारी ज्यान मुद्दामा १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। माया गोलेलाई लागूऔषध मुद्दामा एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। बालकृष्ण थापालाई १ वर्ष ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना र इन्दीरा थापालाई २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    यसबाहेक, एक फरार प्रतिवादी जयप्रकाश सहनीले आत्मसमर्पण गरेका छन्। उनले वन पैदावार हानीनोक्सानी र ओसारपसार मुद्दामा १ वर्षदेखि फरार थिए। सहनीमाथि १ लाख १८ हजार ७५० रुपैयाँ बिगो असुली दाबी गरिएको छ।

    निजगढ प्रहरी र डिभिजन वन कार्यालयको प्रयासले फरार प्रतिवादीहरूको पक्राउमा सफलता प्राप्त भएको छ, जसले कानूनको प्रभावकारी कार्यान्वयनमा नागरिकको विश्वास बढाउने अपेक्षा गरिएको छ।

     

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.