१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जको साह दरबार पार्टी प्यालेस बन्यो तस्कारको गोदाम

    • बिशाल यादब बिशाल यादब
    • today४ मंसिर २०८१

    वीरगञ्ज । वीरगञ्जको तेजारथ टोलस्थित साह दरबार पार्टी प्यालेसबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा काजु र खजुर बरामद गरेको छ ।

    Ad
    Ad
    Ad

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र वीरगञ्ज भन्सार कार्यालयको सयुँक्त टोलीले साह दरबार पार्टी प्यालेसबाट पाँच लाख ८२ हजार तीन सय रुपैयाँ बराबरको काजु र खजुर बरामद गरेको हो ।

    Ad
    Ad
    Ad

    सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालका अनुसार अवैध रुपमा गोदाममा भण्डारण गरिएको अवस्थामा अनुगमन गरी काजु र खजुर बरामद गरिएको हो । साह दरबार पार्टी प्यालेस पर्साको बहुदरमाई नगरपालिकाका पूर्व प्रमुख नितेन्द्र साहको हो ।

    Ad
    Ad
    Ad
    Ad

    जनप्रतिनीधि भइसकेको व्यक्तिको गोदामबाट अवैध रुपमा भण्डारण गरिएको सामग्री बरामद हुनुले झनै आशंका उब्जिएको छ । नितेन्द्र साहको लगानी भएपनि उनले सञ्चालन गर्ने जिम्मा भने अरुलाई नै दिएका छन् । 

    सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट पनि अवैध सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीले आदर्शनगरका राजेन्द्र बरईको घरमा गोदाममा भण्डारण गरी राखिएको कपडा पनि बरामद गरेको छ । 

    सशस्त्र प्रहरीसँगै वीरगञ्ज भन्सार कार्यालयका नायब सुब्बा सुवर्ण पौडेलसहितको टोलीले उक्त गोदामबाट ६ लाख १४ हजार चार सय रुपैयाँ बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताए । 

    दुबै ठाउँबाट गरेर ११ लाख ९६ हजार सात सय रुपैयाँ बराबरको काजु, खजुर र कपडा नियन्त्रणमा लिइएको धिमालले बताए ।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.