११ असार २०८३, बिहिबार / 25 June 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सप्तरीमा १७ क्विन्टल गाँजासहित एक जना पक्राउ

    • अशोक यादब अशोक यादब
    • today४ मंसिर २०८१

    वीरगंज | सप्तरीको राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल ३६ किला गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बालुवा र गिटीले छोपेर गाँजा लोड गरिएको टिपर सोमबार राति राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरनजिक भित्री सडक खण्डमा नियन्त्रणमा लिइएको हो।

    Ad
    Ad
    Ad

    कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार, टिपरको निरीक्षण गर्दा ५६ बोराभित्र लुकाइएको गाँजा फेला परेको छ। सो टिपरका चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ निवासी ३३ वर्षीय यमजित राईलाई पक्राउ गरिएको छ।

    Ad
    Ad
    Ad

    पक्राउ परेका राईलाई आज अदालतमा पेस गरिने प्रहरीको भनाइ छ। उनलाई हिरासतमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन अदालतसँग अनुमति लिने तयारी भइरहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    प्रहरीले गोप्य सूचनाका आधारमा सो टिपरलाई जाँच गरेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, गाँजा तस्करीको लागि बालुवा र गिटीले ढाकेर गाडीलाई भारततर्फ लैजाने योजना बनाइएको थियो।

    यस घटनाले लागूऔषध तस्करीको जालो र यसको नियन्त्रणका लागि आवश्यक निगरानी र कानुनी कदमको आवश्यकता पुनः उठान गरेको छ। स्थानीय प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

    ताजा सूचना

    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    • पोखरामा चोरी तथा डाँका मुद्दाका २ आरोपी पक्राउ लाखौँ मूल्यका गरगहना बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.