१७ असार २०८२, मंगलबार / 01 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने

    • दिलखुस देवान दिलखुस देवान
    • today३ मंसिर २०८१

    वीरगंज | नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ ।

    Ad
    Ad

    केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।

    Ad
    Ad

    गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

    Ad

    विसं २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्वि भई रु २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा रु १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु. ५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको केन्द्रीय बैंकले जनाएको छ । सो आव मा रु ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्काशन गरिएका थिए । बैंकका अनुसार, २०८१ असार मसान्तसम्ममा कूल रु छ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलन चल्तीमा छन् ।

    केन्द्रीय बैंकको प्रतिवेदनअनुसार, आव २०८०/८१ मा वाणिज्य बैंकको कूल सम्पत्ति÷दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई रु ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकको सात दशमलव नौ प्रतिशतले वृद्धि भई रु सात खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई रु एक खर्ब ६९ अर्ब ७२ करोड कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कूल सम्पत्ति÷दायित्व एक दशमलव तीन प्रतिशतले घटेर रु पाँच खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ ।

    निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म रु दुई खर्ब ५७ अर्ब ७२ करोड कर्जा र रु १४ खर्ब ३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या २०८१ असारमा एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ३० रहेको छ ।

    प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत कूल रु ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कूल रु आठ खर्ब चार अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा रु एक अर्ब २० करोड स्थायी तरलता सुविधा उपयोग भएको छ ।

    आव २०८०/८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । बैंकको प्रतिवेदनमा २०८१ असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिती रु २० खर्ब ४१ अर्ब १० करोड बराबर कायम भएको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिती १५ अर्ब २७ करोड रहेको छ । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव छ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

    आव २०८०/८१ मा कूल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आई रु एक खर्ब ५२ अर्ब ३८ करोड र कूल वस्तु आयातमा एक दशमलव दुई प्रतिशतले कमी आई रु १५ खर्ब ९२ अर्ब ९९ करोड रहेको छ । समीक्षा वर्षमा कूल वस्तु व्यापार घाटा एक प्रतिशतले घटेर रु १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ । यो कूल ग्रार्हस्थ्य उत्पादनको २५ दशमलव तीन प्रतिशत हो । सो आवमा सरकारको अन्य प्राप्ति समेत गरी रु १० खर्ब ८२ अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ । कूल सरकारी खर्च रु १४ खर्ब आठ अर्ब दुई करोड रहेको छ ।

    ताजा सूचना

    • शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने, विभागको सतर्कता आग्रह
    • एसईई नतिजा : गणितमै सबैभन्दा बढी विद्यार्थी फेल, १ लाख २८ हजार ननग्रेडेड
    • बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी एसईईमा सफल
    • गर्भपतन मुद्दा - सुनिता यादव ७५ हजार धरौटीमा रिहा, मुद्दा मिलान वापत पूर्वमेयर लोकनारायण यादबले उपहार स्वरुप पाउने ४ कठ्ठा, सत्ताको संरक्षणमा न्यायमाथि खुला हमला!
    • ऊर्जा सहकार्यमा नयाँ युगको सुरुआत: मन्त्री खड्काले चीनसँग गरेको भेटले खोल्यो सम्भावनाको ढोका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.