२३ कार्तिक २०८२, आइतबार / 09 November 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुग्लिन–पोखरा सडक आजदेखि २० दिनसम्म दैनिक ४ घण्टा बन्द

    • अशोक यादब अशोक यादब
    • today३ मंसिर २०८१

    वीरगञ्ज । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड निर्माणका लागि आज (सोमबार)देखि २० दिनसम्म दैनिक साढे चार घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

    Ad
    Ad

    निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत छिर्कने–देउराली खण्डमा कामलाई तीव्रता दिन मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

    Ad
    Ad

    उनका अनुसार सडक निर्माण कार्यलाई प्रभावकारी बनाउन दुई चरणमा सडक बन्द गरिनेछ।

    पहिलो चरणमा आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ।

    त्यसपछि राति १ः३० बजेदेखि बिहान ४ बजेसम्म दोस्रो चरणको बन्द हुनेछ।

    यस अवधिमा आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले बताए।

    पाण्डेले भने, “छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रूपमा बन्द रहनेछ।” साथै, सवारी साधनले लेन अनुशासन पालना गर्न, लामबद्ध सवारीमा जथाभाबी ओभरटेक नगर्न अनुरोध गरिएको छ।

    ६८ प्रतिशत काम सम्पन्न

    मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत काम सम्पन्न भएको छ। पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल, दुई ठूला पुल, र १०३ कल्भर्ट निर्माण सकिएको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सम्पन्न भएको छ।

    यो खण्डको निर्माण विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको हो। चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको यस खण्डमा कामलाई तीव्रता दिन यो निर्णय गरिएको हो।

    सवारी आवागमनमा सचेत रहन आग्रह

    निर्माण कार्यका लागि अवरोध सिर्जना हुन नदिन र आवागमन सहज बनाउन सवारी चालक तथा यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

    ताजा सूचना

    • बिपिएस +2 कलेजका विद्यार्थीहरू द्वारा बिरगंजका मानवसेवा आश्रममा सहयोग
    • सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत नेपोभिट स्याहार केन्द्र उद्घाटन
    • मतदाता दर्ता सहज बनाउन जनमत पार्टी पर्साद्वारा हेल्प डेस्क स्थापना
    • बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतममाथि भेदभाव र मनोमानीको आरोप
    • धोबीनी गाउँपालिका–३ का युवाहरुको बजेट पारदर्शिताका माग, तीन दिनभित्र विवरण सार्वजनिक गर्ने वार्ड अध्यक्षको आश्वासन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.