१६ भदौ २०८२, सोमबार / 01 September 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्साको सीमावर्ती क्षेत्रमा चोरीको घटना वृद्धि, सुरक्षाकर्मीको भूमिकामा प्रश्न

    • अमन गुप्ता अमन गुप्ता
    • today३ मंसिर २०८१

    वीरगञ्ज । पर्साको सीमावर्ती क्षेत्रका गाउँहरूमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढेका छन्। स्थानीय बासिन्दाहरूले दैनिकजसो चोरीका घटना भइरहेको गुनासो गरेका छन्। चोरहरूले मन्दिरका गरगहना, विद्यालयका सामाग्रीहरू, विशेषगरी कम्प्युटर चोरी गर्ने गरेको स्थानीयले बताएका छन्। छिपहरमाई गाउँपालिका–६ स्थित भिस्वा मङ्गल माविमा दुईपटक चोरी हुँदा ३० वटा कम्प्युटर हराएको प्रधानाध्यापक दिनेश पटेलले जानकारी दिएका छन्।

    Ad
    Ad

    स्थानीयले मदिरापसल सञ्चालनले चोरीका घटना बढाएको आरोप लगाएका छन्। बिहारमा मदिरा निषेध भएकाले भारतीय नागरिकहरू सीमावर्ती भिस्वा बजारमा मदिरा सेवनका लागि आउने गरेका छन्। तीमध्ये केहीले चोरीका घटनामा संलग्नता देखाएको भनाइ स्थानीयको छ। भिस्वा क्षेत्रमा दुई दर्जनभन्दा बढी मदिरापसल सञ्चालनमा छन्, जसले सुरक्षामा चुनौती थपेको छ।

    Ad
    Ad

    स्थानीयका अनुसार प्रहरी चौकी वरपरै मदिरापसल सञ्चालनमा हुँदा सुरक्षाकर्मीको भूमिकामा प्रश्न उठेको छ। उनीहरूले सुरक्षाकर्मीले राति गस्ती नगर्दा चोरीका घटना बढेको गुनासो गरेका छन्। भिस्वा प्रहरी चौकीका इन्चार्ज कर्णबहादुर खत्रीले चोरीका घटनाबारे धेरै जानकारी नभएको प्रतिक्रिया दिए। उनले मदिरापसलहरू कानुनअनुसार सञ्चालन भएको दाबी गर्दै समस्या भए कानुनी प्रक्रियामा समाधान गरिने बताए।

    Ad

    मदिरापसलकै कारण सीमा क्षेत्रमा सवारी जाम हुने, पार्किङ अव्यवस्थित हुने, र स्थानीय बासिन्दाहरूलाई सास्ती खेप्नुपरेको छ। रेलमार्ग प्रयोग गर्ने यात्रुहरू रातिको समयमा बाटो प्रयोग गर्न डराउने गरेका छन्। चोरीका घटनाबारे सुरक्षाकर्मीको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ।

    सीमावर्ती क्षेत्रमा चोरीका घटना र मदिरापसलहरूको प्रभावले सुरक्षामा गम्भीर समस्या निम्त्याएको छ। यस्ता घटनाहरूलाई नियन्त्रण गर्न र स्थानीय सुरक्षालाई बलियो बनाउन सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ।

    ताजा सूचना

    • 📰 स्वस्थ मुटुका लागि नेपाल मेडिसिटीको १० सन्देश 🫀
    • पर्सा–बारा–रौतहटमा सशस्त्र प्रहरीका १६ अधिकृत एकैपटक जिम्मेवारीबाट हटाइए : तस्करी गराएको आरोप
    • संघीय शिक्षा ऐन संशोधनको माग गर्दै वीरगञ्जमा गृह मन्त्रीलाई ज्ञापनपत्
    • नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति
    • गृहमन्त्री लेखकले गरे हैजा सङ्क्रमित बिरामीहरूसँग भेटघाट
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.