१७ असार २०८२, मंगलबार / 01 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भन्सार छली ल्याइएका अवैध सामान पर्सा सशस्त्र प्रहरीद्वारा बरामद

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today३ मंसिर २०८१

    वीरगञ्ज | पर्सा जिल्लामा सशस्त्र प्रहरीले भन्सार छल्दै भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ।

    Ad
    Ad

    सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हे.क्वा. पर्साबाट स.प्र.नि. आन बहादुर गुरुङको नेतृत्वमा गण्डकस्थित चेकपोस्टमा खटिएको टोलीले रु ७९,८०० बराबरको किराना सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

    Ad
    Ad

    त्यसैगरी, सशस्त्र प्रहरी गुल्म वीरगञ्जबाट खटिएको अर्को टोलीले बि.म.न.पा– १६ स्थित भन्सार मेनगेट र सीमावर्ती नाकाहरूमा चेकजाँच गर्दा रु.१८,२६,५४७ बराबरका मोटर पार्ट्स, सामान्य औषधि, मोबाइल एसेसरिज, जुत्ता र किराना सामान बरामद गरेको छ। साथै, ना १० प ६६९६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ।

    Ad

    सशस्त्र प्रहरी गुल्म अलौबाट खटिएको टोलीले बि.म.न.पा– १७ कोनियामा चेकजाँच गर्दा पुराना ब्याट्री र गाडीका पार्टपुर्जालगायतका रु. ५,०३,००० बराबरको कबाडी सामान बरामद गरेको छ।

    यस्तै, ई–रिक्साको प्रयोग गरेर भन्सार छल्ने प्रयास पनि असफल पारिएको छ। बि.म.न.पा– १६ स्थित भन्सार मेनगेटमा चेकजाँच गर्दा छपकैया निवासी मनोज साह सोनारले फल्स बटम भएको ई–रिक्सामा लुकाएर ल्याएका रु.१,६७,५०० बराबरका कपडा बरामद गरिएको छ। उक्त ई.रिक्सा रु. ३,००,००० मूल्याङ्कन गरी सामानसहित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

    बि.ओ.पि. सिसारियाबाट खटिएको अर्को टोलीले छपकैयामा चेकजाँच गर्दै रु.७३,००० बराबरका कपडा बरामद गरेको छ।

    सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्णु हरी घिमिरेका अनुसार भन्सार छल्दै ल्याइएका अवैध सामान नियन्त्रण अभियान निरन्तर रूपमा जारी छ। उनले सीमावर्ती क्षेत्रमा चेकजाँच कडा पारिएको र अवैध क्रियाकलापलाई रोक्न सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताए।

    ताजा सूचना

    • शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने, विभागको सतर्कता आग्रह
    • एसईई नतिजा : गणितमै सबैभन्दा बढी विद्यार्थी फेल, १ लाख २८ हजार ननग्रेडेड
    • बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी एसईईमा सफल
    • गर्भपतन मुद्दा - सुनिता यादव ७५ हजार धरौटीमा रिहा, मुद्दा मिलान वापत पूर्वमेयर लोकनारायण यादबले उपहार स्वरुप पाउने ४ कठ्ठा, सत्ताको संरक्षणमा न्यायमाथि खुला हमला!
    • ऊर्जा सहकार्यमा नयाँ युगको सुरुआत: मन्त्री खड्काले चीनसँग गरेको भेटले खोल्यो सम्भावनाको ढोका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.