३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • खुला सीमाबाट लागुऔषधको प्रवेश, पर्साका युवामा बढ्दो समस्या

    • बिशाल यादब बिशाल यादब
    • today२ मंसिर २०८१

    वीरगंज | पर्सामा खुला सीमाना कारण लागुऔषधको प्रवाह बढ्दै गएको छ। भारतीय सीमा खुल्ला रहेकोले पर्साका युवाहरू लागुऔषधको चपेटामा फस्दै आएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, हालको तीन वर्षमा ७ सय ३३ वटा लागुऔषध मुद्दा दर्ता भएका छन्।

    Ad
    Ad
    Ad

    ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार, स्कुले उमेरका विद्यार्थीहरू समेत लागुऔषधको समुहमा सम्लग्न भएका छन्। यसका कारण पर्साका युवाहरूलाई दुर्व्यसनबाट बचाउन तत्काल कदम चाल्नु आवश्यक भएको बताए।

    Ad
    Ad
    Ad

    प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार, १५ देखि ४५ वर्षका युवा उमेर समूहका अधिकांश व्यक्तिहरू लागुऔषधको प्रयोगमा संलग्न छन्, जसले देशको युवाशक्ति गुमाउने अवस्था सिर्जना गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    पर्सा प्रहरीको तथ्यांकअनुसार, २०७८/७९ देखि २०८०/८१ सम्म ७ सय ३३ मुद्दा दर्ता भएका छन्, जसमा ९ महिला र २८२ पुरुष, १३ महिला र ३८९ पुरुष तथा १० महिला र २ सय ४२ पुरुष पक्राउ परेका छन्।

    पर्सामा प्रमुख लागुऔषधहरूमा गाँजा, चरेस, हेरोइन, अफिम, फेनारगन, डाईजिल्याब, नुर्पिन, नाटुवाभेट ट्याब्लेट र कोरेक्स आदि सामेल छन्।

    समाधानका प्रयासस्वरूप पर्सा प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। नागरिक समाजसँग सहकार्य गरेर सुधार ल्याउने प्रयास भइरहेको भएता पनि खुला सिमाना लागुऔषध नियन्त्रणमा प्रमुख चुनौती बनेको अधिकारीहरूको भनाइ छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.