१६ माघ २०८२, शुक्रबार / 30 January 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • खुला सीमाबाट लागुऔषधको प्रवेश, पर्साका युवामा बढ्दो समस्या

    • बिशाल यादब बिशाल यादब
    • today२ मंसिर २०८१

    वीरगंज | पर्सामा खुला सीमाना कारण लागुऔषधको प्रवाह बढ्दै गएको छ। भारतीय सीमा खुल्ला रहेकोले पर्साका युवाहरू लागुऔषधको चपेटामा फस्दै आएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, हालको तीन वर्षमा ७ सय ३३ वटा लागुऔषध मुद्दा दर्ता भएका छन्।

    Ad
    Ad
    Ad

    ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानका अनुसार, स्कुले उमेरका विद्यार्थीहरू समेत लागुऔषधको समुहमा सम्लग्न भएका छन्। यसका कारण पर्साका युवाहरूलाई दुर्व्यसनबाट बचाउन तत्काल कदम चाल्नु आवश्यक भएको बताए।

    Ad
    Ad
    Ad

    प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार, १५ देखि ४५ वर्षका युवा उमेर समूहका अधिकांश व्यक्तिहरू लागुऔषधको प्रयोगमा संलग्न छन्, जसले देशको युवाशक्ति गुमाउने अवस्था सिर्जना गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    पर्सा प्रहरीको तथ्यांकअनुसार, २०७८/७९ देखि २०८०/८१ सम्म ७ सय ३३ मुद्दा दर्ता भएका छन्, जसमा ९ महिला र २८२ पुरुष, १३ महिला र ३८९ पुरुष तथा १० महिला र २ सय ४२ पुरुष पक्राउ परेका छन्।

    पर्सामा प्रमुख लागुऔषधहरूमा गाँजा, चरेस, हेरोइन, अफिम, फेनारगन, डाईजिल्याब, नुर्पिन, नाटुवाभेट ट्याब्लेट र कोरेक्स आदि सामेल छन्।

    समाधानका प्रयासस्वरूप पर्सा प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। नागरिक समाजसँग सहकार्य गरेर सुधार ल्याउने प्रयास भइरहेको भएता पनि खुला सिमाना लागुऔषध नियन्त्रणमा प्रमुख चुनौती बनेको अधिकारीहरूको भनाइ छ।

    ताजा सूचना

    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    • नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.