१७ असार २०८२, मंगलबार / 01 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा (Spa-centre) स्पा-सेन्टरको नाममा समाजलाई पतनतिर धकेल्ने खुला खेलः को छन् यसको पछाडि?

    • बिराज यादव बिराज यादव
    • today३० कार्तिक २०८१

    वीरगञ्जमा स्पा सेन्टरको नाममा समाजलाई पतनतिर धकेल्ने खुला खेलः को छन् यसको पछाडि?

    Ad
    Ad

    कटेज रेस्टुरेन्टको विकृति पुनः फर्कियो स्पा सेन्टरको नाममा, प्रशासन किन मौन?

    Ad
    Ad

    बीरगञ्ज – वीरगञ्जमा केही वर्षअघि खुलेका कटेज रेस्टुरेन्ट एण्ड बारले समाजमा विकृति र अपराधको बीजारोपण गरेको घटना भर्खरै ताजा छ। यसले खुलेआम यौन व्यापारदेखि लिएर लुटपाटसम्मका गतिविधिलाई प्रोत्साहन गरेको थियो। यसप्रति जनता र प्रशासनले आक्रोश पोख्दै यसलाई अन्त्य गरे, तर आश्चर्य! आज उही विकृति ‘स्पा सेन्टर’ को नाममा पुनः फर्किएको छ। बीरगञ्जको आर्थिक र सांस्कृतिक प्रगतिलाई यसरी दुर्गन्धित बनाउन किन अनुमति दिइएको हो?

     

    Ad

    स्पा सेन्टरका नाममा खुलेका यी स्थानमा खुलेआम अवैध गतिविधि भइरहेका छन् भन्ने कुरा खुलेआम चर्चा छ। एकातिर विद्यालय र कलेज खोल्न जनताले अनेकौं मापदण्ड पुर्याउनु पर्ने र प्रशासकलाई नजराना बुझाउनु पर्ने बाध्यता छ, तर समाजमा विकृति फैलाउने यस्ता स्पा सेन्टर सजिलै कसरी खोल्न दिइएको? के यस्ता अनैतिक कार्यलाई प्रोत्साहन दिन कसैको मिलोमतो छ?

     

    बीरगञ्जको गरिमा र अनुशासनलाई असर पुर्याउँदै, यो सहरलाई काठमाडौँ र पोखराको जस्तै बिकृतिको केन्द्र बनाउने उद्देश्यले यी स्पा सेन्टरहरू खुल्न दिइएको हो? यो प्रश्नले समाजमा ठूलो सन्देह र चिन्ता उत्पन्न गराएको छ।

     

    दिन प्रतिदिन यी स्पा सेन्टरहरूको संख्या बढिरहेको छ। बिना कुनै रोकटोक र परिबन्ध, यसरी विकृतिका केन्द्रहरू खोल्न दिनेहरूको वास्तविक उद्देश्य के हो? जनप्रतिनिधि, प्रशासन र नेताको यो चुप्पीले जनताको मनमा शंका पैदा गरेको छ। के यो सबैको फाइदा केवल नेतृत्व र प्रशासनलाई मात्र छ, न कि जनतालाई?

     

    वीरगञ्जवासीहरूलाई यो चेतावनीः यदि अहिले नै यसप्रति सजगता अपनाइएन भने, यो समाज चाँडै नै विकृति र अपराधको भासमा पर्छ। बीरगञ्जका जनप्रतिनिधिहरूले किन यस्ता विकृति फैलाउन मार्ग प्रशस्त गर्दैछन्? जनताले यसबारे प्रश्न नगरेकोमा नेतृत्व किन मौन छ?

     

    बीरगञ्जको भविष्यका लागि यो समयमै रोकिनुपर्ने खतरा हो। प्रशासन, जनप्रतिनिधि र जनताले एकजुट भएर यस्ता गतिविधिलाई नियन्त्रण गर्न नखोजे, समाजमा थप संकट आउन सक्छ। सम्बन्धित सबैले यसप्रति गम्भीर चासो राख्नुपर्छ, नत्र बीरगञ्जलाई यस्ता विकृति र पतनले भोलि अझै ठूलो भड्खालोमा धकेल्न सक्छ।

    ताजा सूचना

    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    • वीरगञ्जमा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.