१६ मंसिर २०८२, मंगलबार / 02 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२९ कार्तिक २०८१

    ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। राजधानी ब्रासिलियामा रहेको सर्वोच्च अदालत परिसरमा बुधबार साँझ विस्फोट हुँदा एक जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

    Ad
    Ad
    Ad

    सर्वोच्च अदालतसँगै संसद भवन र राष्ट्रपतिको कार्यालय समेत अवस्थित रहेको राजधानीको केन्द्रमा बुधबार साँझ दुई पटक विस्फोटको आवाज सुनिएको थियो।

    Ad
    Ad
    Ad

    ब्रासिलियाका डेपुटी गभर्नर सेलिना लिआओका अनुसार गत बुधबार साँझ अदालत प्रवेश गर्न खोजेका एक व्यक्तिलाई प्रहरीले रोकेको थियो। त्यति नै बेला विस्फोटको आवाज सुनिएको थियो। त्यतिबेला न्यायाधीशहरूले भर्खरै सुनुवाइ सकाएका थिए। विस्फोटको आवाज सुनिनेबित्तिकै उनीहरूलाई बाहिर निकालिएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    लगत्तै प्रहरीले भवनको बाहिरी भागमा एक जनालाई मृत फेला पारेको थियो। महान्यायाधिवक्ता जर्ज मेसियसले घटनाको निन्दा गर्दै योजनाबद्ध रूपले सर्वोच्च अदालत परिसरमा विस्फोट गराइएको बताए। उनले त्यसबारेमा यथाशीघ्र छानबिन हुने पनि बताएका छन्।

    ‘हामीले आक्रमणको उद्धेश्य चाँडै पत्ता लगाएर शान्ति र सुरक्षालाई पुनस्थापित गराउनुपर्छ,’ उनले भनेका छन्। डेपुटी गभर्नर लिआओले घटनाको अनुसन्धानका लागि अदालत खाली गराइएको र संसद भवन पनि बिहीबारका लागि बन्द गर्न भनिएको बताइन्।

    उनले घटना आत्महत्या हुनसक्ने पनि बताइन्। ‘हामी यसलाई आत्महत्या अनुमान गरिरहेका छौं। किनकी मृतक एक जनामात्रै छन्। यद्यपि अनुसन्धानले सत्यतथ्य के हो भन्ने अवश्य देखाउनेछ,’ उनले भनिन्।

    ताजा सूचना

    • अफ्ताब आलमले १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा ५४ के.जी. तौल समूहमा स्वर्ण पदक जिते
    • लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत लागुऔषध जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • विद्यालय क्रिकेट कप 2082 बाल एकता र ग्रीन ल्यान्डको दमदार प्रदर्शन, फाइनलमा भिडन्त भोलि
    • पर्सा प्रहरीले ठूलो सफलता : लागूऔषध गाञ्जा १०४ केजी ३२५ ग्राम सहित दुईजना पक्राउ, सवारी साधन पनि बरामद
    • लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको बिरगंजमा ठूलो प्रदर्शन, नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.