८ आश्विन २०८३, बिहिबार / 24 September 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा छड्के निरीक्षण, ३२ सरकारी कर्मचारी अनुपस्थित

    • बिशाल यादब बिशाल यादब
    • today२७ कार्तिक २०८१

    वीरगञ्ज । पर्सा जिल्लाका सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालयहरूमा कर्मचारी अनुपस्थित रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छड्के निरीक्षणमा ६ कार्यालयमा ३२ जना कर्मचारी अनुपस्थित भेटिएका छन्।

    Ad
    Ad
    Ad

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार सेवाग्राहीको चाप बढिरहेको र कार्यालय प्रमुख तथा कर्मचारीहरू नियमित रूपमा उपस्थित नरहेको जनगुनासो आएपछि अनुगमन टोली खटाइएको हो। उनले केही कार्यालयमा लामो समयदेखि हाजिरी नगर्ने तर विदामा बस्नेसम्म नगरेका कर्मचारीसमेत फेला परेको बताए।

    Ad
    Ad
    Ad

    अनुगमनपछि अधिकारी अर्यालले सम्बन्धित प्रादेशिक मन्त्रालयलाई जानकारी दिइ, गयल भएका कार्यालय प्रमुखहरूलाई स्पष्टिकरण सोध्ने र अन्य अनुपस्थित कर्मचारीहरूमाथि कारबाहीका लागि निर्देशन दिने बताए। उनले जनसम्पर्क बढी भएका कार्यालयहरूको नियमित निरीक्षण गरेर अनुपस्थित हुने र पोशाक नलगाउने कर्मचारीहरूलाई कारबाही सिफारिस गरिने जनाए।

    Ad
    Ad
    Ad
    Ad

    निरीक्षण टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतम र सुमन कुमार कार्की सहभागी थिए। टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, सघन सहरी तथा भवन निर्माण कार्यालय, नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, स्वास्थ्य कार्यालय र डिभिजन वन कार्यालयको अनुगमन गरेको थियो।

    निरीक्षणमा यातायात व्यवस्था कार्यालय पर्सामा ११ जना कर्मचारी अनुपस्थित फेला परे। भूमिसुधार तथा मालपोत कार्यालयमा २१ जना कर्मचारी निर्धारित समयभन्दा ढिलो आएका थिए भने सोमबारको निरीक्षणमा ४ जना विदामा र ३ जना बिना जानकारी अनुपस्थित थिए।

    प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रमा ई–हाजिरी प्रणाली लागू भए पनि निरीक्षण टोलीलाई हाजिरीको विवरण उपलब्ध नगराइएकाले सबै कर्मचारीको उपस्थिति विवरण प्राप्त हुन सकेन।

    जिल्ला प्रशासन कार्यालयका खरिदार कृष्ण प्रसाद कुशवाहाले ढिलो आउने कर्मचारीलाई समयपालन चेतावनी दिइ पुनः ढिलाइ गर्दा कारबाही गरिने चेतावनी दिएका छन्।

    ताजा सूचना

    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.