१६ मंसिर २०८२, मंगलबार / 02 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सेवाग्राहीको अत्यधिक चाप हुने पर्साका सरकारी कार्यालयमा छड्के

    • बिशाल यादब बिशाल यादब
    • today२७ कार्तिक २०८१

    वीरगञ्ज । सेवाग्राहीको अत्यधिक चाप हुने पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु बिना जानकारी कार्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छड्के निरीक्षणका क्रममा ६ वटा कार्यालयमा ३२ जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो ।

    Ad
    Ad
    Ad

    कार्यालयमा कार्यालय प्रमुख र कर्मचारीहरु नियमित नहुने जनगुनासो आएपछि निरीक्षण गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । ‘अत्याधिक कार्यबोझ हुने, सेवाग्राहीको चाप हुने कार्यालयमा निरीक्षण गर्न टोली खटाएका थियौं ।’ प्रजिअ अर्यालले भने, ‘ कर्मचारी मात्रै नभएर कार्यलय प्रमुख समेत कार्यालयमा अनुपस्थित रहेको, कर्मचारी समयमा कार्यालय नआउने गरेको, लामो समयदेखि कार्यालयमा हाजिर नगरेको तर विदामा पनि नबसेको जस्ता कैफियत देखिएको छ । नमुना निरीक्षण गर्दा सरकारी कार्यालयहरुको स्थिति राम्रो देखिएको छैन ।’

    Ad
    Ad
    Ad

    प्रादेशिक कार्यालयको हकमा सम्बन्धित प्रादेशिक मन्त्रालयमा, गयल देखिएका कार्यालय प्रमुखलाई स्पष्टिकरण सोध्ने, अन्य कर्मचारीको हकमा कार्यालय प्रमुखलाई कारबाहीका लागि लेखेर पठाउने प्रजिअ अर्यालले बताए ।

    Ad
    Ad
    Ad
    Ad

    जनसम्पर्क बढी भएको र गुनासो आएका कार्यालयहरूको नियमित अनुमगन र निरीक्षण गरेर कार्यालय समयमा उपस्थित नहुने, कार्यालय पोसाक न लगाउने, कर्मचारीको आचरण पालना नगर्ने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गर्ने उनले बताए ।

    सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतम र सुमन कुमार कार्कीद्वय नेतृत्वको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय,, सघन सहरी तथा भवन निर्माण कार्यालय, नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, स्वास्थ्य कार्यालय र डिभिजन वन कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीको अत्याधिक चाप हुने यातायात व्यवस्था कार्यालय पर्सामा सबैभन्दा बढी कार्यालय प्रमुख समेत ११ जना अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा ८ जना, स्वास्थ्य र वन डिभिजन कार्यालय पर्सामा ५÷५ जना र भूमी सुधार तथा मालपोत कार्यालय, पर्सामा ३ जना अनुपस्थित रहेको पाइएको छ ।

    त्यसैगरि सेवाग्राहीको चाप नै रहने भूमि सुधार तथा मालपोत कार्यालयका २१ जना कर्मचारी कार्यालय समय भन्दा ढिलो आएका थिए । कार्यालयमा दरबन्दी कर्मचारी ५१ जना र दैनिक ज्यालादारीका समेत गरी ५६ जना कर्मचारी कार्यरत छन् । तर सोमबार गरिएको अनुमगमनका क्रममा ४ जना विदामा बसेका थिए भने ३ जना कार्यालयमा औपचारिक जानकारी नगरी अनुपस्थित भएका थिए ।

    सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, पर्सामा दरबन्दी अनुसार नै २० जना कर्मचारी कार्यरत छन् । सोमबार एक जना विदामा बसेका थिएन, एक जनाले कार्यालयमा आएर पनि हाजिरी नगरेको पाइएको थियो भने ८ जना बिना जानकारी अुनपस्थित थिए ।

    प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रमा ई–हाजिरी लागू छ । तर निरीक्षण टोलीलाई कार्यालयले हाजिरीको विवरण नबुझाएकोले कर्मचारीको विवरण आएको छैन् ।

    कार्यालय प्रमुख एवं निरिक्षण टोलीको संयोजकले ढिलो आएका कर्मचारीहरुलाई अब उपरान्त ढिलो नगर्न निर्देशन दिएका छन् । साथै पूनः कार्यालयमा उपस्थित हुन ढिलाइ गरेमा कारवाही गर्ने चेतावनी समेत दिएको जिल्ला प्रशासन कार्यालय पर्साका खरिदार कृष्ण प्रसाद कुशवाहाले जानकारी दिए ।

    निरिक्षण टोलीका संयोजकहरुले साईट वा फिल्डमा गएका कर्मचारीहरुको लगबुक राख्न र उनीहरुको विवरण अद्यावधिक गर्न पनि निर्देशन दिएका छन् ।

    ताजा सूचना

    • अफ्ताब आलमले १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा ५४ के.जी. तौल समूहमा स्वर्ण पदक जिते
    • लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत लागुऔषध जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • विद्यालय क्रिकेट कप 2082 बाल एकता र ग्रीन ल्यान्डको दमदार प्रदर्शन, फाइनलमा भिडन्त भोलि
    • पर्सा प्रहरीले ठूलो सफलता : लागूऔषध गाञ्जा १०४ केजी ३२५ ग्राम सहित दुईजना पक्राउ, सवारी साधन पनि बरामद
    • लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको बिरगंजमा ठूलो प्रदर्शन, नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.