१६ माघ २०८२, शुक्रबार / 30 January 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारको आदेश: उद्योगहरूमा काटिएको विद्युत पुनः जडान गर्न निर्देशन

    • अमन गुप्ता अमन गुप्ता
    • today२६ कार्तिक २०८१

     सरकारले उद्योगहरूको उत्पादनलाई सहजीकरण गर्न हालै काटिएको विद्युत लाइन पुनः जडान गर्न निर्देशन दिएको छ। हिजो आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगहरूमा विद्युत आपूर्ति रोकिनु उत्पादन ठप्प हुनुका साथै रोजगार घट्नेसम्मका जोखिम देखिएको भन्दै सोमबार दिउँसो १२ बजेसम्म लाइन पुनः जोड्न निर्णय गरेको हो।

    Ad
    Ad
    Ad

    यसअघि विद्युत नियमन आयोगले बक्यौता नतिरेका उद्योगहरूको विद्युत् काट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो। प्राधिकरणले भने किस्ताबन्दीमा रकम बुझाउने लचकता दिएको भए पनि उद्योगहरूले तत्काल रकम नतिरेपछि ३४ उद्योगहरूको लाइन काटिएको थियो।

    Ad
    Ad
    Ad

    सरकारको नयाँ आदेशले अब उद्योगहरूको बिजुली पुनः जडान गर्नुपर्नेछ। ऊर्जा मन्त्रालयले यो निर्णय कार्यान्वयन गर्न विद्युत प्राधिकरणलाई निर्देश गर्नेछ, र अन्ततः प्राधिकरणको सञ्चालक समितिले यसको अन्तिम निर्णय लिनेछ।

    Ad
    Ad
    Ad
    Ad

    सरकारले १५ दिनभित्र उद्योगहरूको विवादित बक्यौता टीओडी मिटरका आधारमा असुल गर्ने पनि जनाएको छ। साथै, न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै सरकारले प्राधिकरण र उद्योगहरूबीचको विवाद समाधानको उपाय सुझाएको छ।

    यस निर्णयले उद्योगहरूलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ भने उद्योगीहरूलाई पनि प्राधिकरणसँगको बक्यौता विवादमा कानूनी आधारमा समाधान खोज्न प्रेरित गर्ने देखिएको छ।

    ताजा सूचना

    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    • नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.