३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारको आदेश: उद्योगहरूमा काटिएको विद्युत पुनः जडान गर्न निर्देशन

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२६ कार्तिक २०८१

     सरकारले उद्योगहरूको उत्पादनलाई सहजीकरण गर्न हालै काटिएको विद्युत लाइन पुनः जडान गर्न निर्देशन दिएको छ। हिजो आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगहरूमा विद्युत आपूर्ति रोकिनु उत्पादन ठप्प हुनुका साथै रोजगार घट्नेसम्मका जोखिम देखिएको भन्दै सोमबार दिउँसो १२ बजेसम्म लाइन पुनः जोड्न निर्णय गरेको हो।

    Ad
    Ad
    Ad

    यसअघि विद्युत नियमन आयोगले बक्यौता नतिरेका उद्योगहरूको विद्युत् काट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो। प्राधिकरणले भने किस्ताबन्दीमा रकम बुझाउने लचकता दिएको भए पनि उद्योगहरूले तत्काल रकम नतिरेपछि ३४ उद्योगहरूको लाइन काटिएको थियो।

    Ad
    Ad
    Ad

    सरकारको नयाँ आदेशले अब उद्योगहरूको बिजुली पुनः जडान गर्नुपर्नेछ। ऊर्जा मन्त्रालयले यो निर्णय कार्यान्वयन गर्न विद्युत प्राधिकरणलाई निर्देश गर्नेछ, र अन्ततः प्राधिकरणको सञ्चालक समितिले यसको अन्तिम निर्णय लिनेछ।

    Ad
    Ad
    Ad
    Ad

    सरकारले १५ दिनभित्र उद्योगहरूको विवादित बक्यौता टीओडी मिटरका आधारमा असुल गर्ने पनि जनाएको छ। साथै, न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै सरकारले प्राधिकरण र उद्योगहरूबीचको विवाद समाधानको उपाय सुझाएको छ।

    यस निर्णयले उद्योगहरूलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ भने उद्योगीहरूलाई पनि प्राधिकरणसँगको बक्यौता विवादमा कानूनी आधारमा समाधान खोज्न प्रेरित गर्ने देखिएको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.