१६ मंसिर २०८२, मंगलबार / 02 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा आदर्श थारु छात्राबासको चौथो साधारणसभा, नयाँ समिति चयन

    • बिशाल यादब बिशाल यादब
    • today२५ कार्तिक २०८१

    वीरगंज | वीरगञ्ज वडा नं. ५ कुम्हालटोलस्थित आदर्श थारु छात्राबासको चौथो साधारणसभा सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। छात्राबासका अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षता र मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो।

    Ad
    Ad
    Ad

    मन्त्री लेखीले थारु समुदायले संविधानद्वारा प्रदत्त अधिकारको पूर्ण उपयोग गर्न नसक्दा अझै पनि सेवा-सुविधाबाट वञ्चित भएको बताए। उनले थारु समुदायको शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारका लागि थप आवाज उठाउनुपर्नेमा जोड दिए। उनले छात्राबास सुधारका लागि आफ्नो शिक्षामन्त्री कार्यकालमा बजेट बिनियोजन गरेको स्मरण गर्दै आगामी दिनमा बजेट व्यवस्थापनमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

    Ad
    Ad
    Ad

    कार्यक्रममा थारु कल्याणकारी सभाका संरक्षक अमृत प्रसाद थारु, संविधानसभा सदस्य जयप्रकाश थारु, प्रदेश सांसद देवनारायण चौधरी, प्रदेशसभा सदस्य बिना शर्मा, र कोल्हबी नगरपालिकाका मेयर र उपमेयर लगायत विशेष अतिथिहरूले नव निर्वाचित नेतृत्वलाई बधाई दिए। साथै, थारु समुदायका विशिष्ट व्यक्तिहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरियो।

    Ad
    Ad
    Ad
    Ad

    साधारणसभाबाट शेखर चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। कार्यसमितिमा ललिता चौधरी उपाध्यक्ष, अमृतलाल चौधरी सचिव, हिर्दय नारायण चौधरी कोषाध्यक्ष तथा सदस्यहरूमा वेदमन दास थारु, कमल महतो थारु, दिपेन्द्र प्रसाद चौधरी, जगनारायण प्रसाद चौधरी, मिना कुमारी चौधरी, ढोढाई चौधरी र अनुठा धामी निर्वाचित भएका छन्।

    कार्यक्रममा स्वागत मन्तव्य सुकल चौधरीले र सञ्चालन उपेन्द्र चौधरीले गरेका थिए। साधारणसभामा थारु समुदायका लागि छात्राबासको महत्त्वबारे चर्चा गर्दै अतिथिहरूले थारु समुदायको शिक्षामा थप सुधार र जागरुकता आवश्यक रहेको औँल्याए। उनीहरूले आदर्श थारु छात्राबासलाई थारु समुदायको शैक्षिक विकास र सामाजिक सशक्तीकरणको एक मुख्य आधारको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा सहभागी स्थानीय नेताहरू र समुदायका अग्रजहरूले थारु समुदायको सांस्कृतिक पहिचानलाई जोगाउँदै शिक्षा र सामाजिक विकासमा योगदान पुर्‍याउने दिशामा काम गर्न आग्रह गरे। साथै, समाजका अगुवाहरूले थारु समुदायका युवा पुस्तालाई शिक्षा, रोजगार, र नेतृत्व विकासमा प्रेरित गर्ने गरी छात्राबासलाई अझ प्रभावकारी बनाउन सरकार र स्थानीय निकायसँग सहकार्य आवश्यक रहेको बताउँदै थप सहयोगको अपेक्षा व्यक्त गरे।

    छात्राबासको नयाँ नेतृत्वले सामुदायिक हितमा काम गर्ने संकल्प गर्दै थारु समुदायको शैक्षिक र सामाजिक विकासमा योगदान पुर्‍याउने योजना अघि सारेको छ। नव निर्वाचित अध्यक्ष शेखर चौधरीले छात्राबासको संरचनात्मक र प्रशासनिक सुधारमा विशेष ध्यान दिने र थारु विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू थप विस्तार गर्न कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रमको समापनमा, सहभागीहरूले समुदायको उत्थानका लागि शिक्षा र जागरुकतामा ध्यान केन्द्रित गर्नुपर्नेमा सहमति जनाउँदै, एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।

    ताजा सूचना

    • अफ्ताब आलमले १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा ५४ के.जी. तौल समूहमा स्वर्ण पदक जिते
    • लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत लागुऔषध जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • विद्यालय क्रिकेट कप 2082 बाल एकता र ग्रीन ल्यान्डको दमदार प्रदर्शन, फाइनलमा भिडन्त भोलि
    • पर्सा प्रहरीले ठूलो सफलता : लागूऔषध गाञ्जा १०४ केजी ३२५ ग्राम सहित दुईजना पक्राउ, सवारी साधन पनि बरामद
    • लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पीडितहरूको बिरगंजमा ठूलो प्रदर्शन, नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.