११ असार २०८३, बिहिबार / 25 June 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा दीपावलीको पाँच दिनमा सातजनाको मृत्यु, गाउँमा शोक

    • बिशाल यादब बिशाल यादब
    • today२१ कार्तिक २०८१

    वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रमा दीपावली बिदाको पाँच दिनमा सातजनाको ज्यान गइसकेको छ। मृतकहरूमा चारजनाले आत्महत्या गरेका छन् भने अन्य घटनाहरूमा डुबेर, सवारी दुर्घटनामा र झुन्डिएको अवस्थामा मृत्यु भएको पाइएको छ।

    Ad
    Ad
    Ad

    कात्तिक १५ गते छिपहरमाई गाउँपालिका–५ की १६ वर्षीया मुन्नी खातुनले झुन्डिएर ज्यान दिएकी थिइन्। त्यसैगरी, कात्तिक १६ गते बहुदरमाई नगरपालिका–८ रामनगरीकी १४ वर्षीया इसरत खातुनले झुन्डिएर आत्महत्या गरिन्।

    Ad
    Ad
    Ad

    कात्तिक १७ गते सोही क्षेत्रकी १७ वर्षीया निजमा सहनीको डुबेर मृत्यु भएको बताइए पनि आत्महत्याको शंका व्यक्त गरिएको छ। यसै दिन, बहुदरमाई नगरपालिका–८ का एकबाल चौधरीको सवारी दुर्घटनामा मृत्यु भएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    त्यसपछि कात्तिक १८ गते पकाहामैनपुर गाउँपालिका–१ धोरेकी १५ वर्षीया तमन्ना खातुनले झुन्डिएर ज्यान दिएकी हुन् भने कात्तिक १९ गते धोबिनी गाउँपालिका–२ की रुक्साना खातुनले पनि आत्महत्या गरेको प्रहरीको भनाइ छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। गाउँमा लगातार भएका मृत्युका घटनाले शोकको वातावरण छाएको छ।

    यसरी लगातार भएको मृत्युले स्थानीय बासिन्दामा त्रास र चिन्ता बढेको छ। गाउँलेहरू यी घटनाहरूमा कुनै सामूहिक कारण वा मनोवैज्ञानिक असर हुनसक्ने भन्दै छलफलमा जुटेका छन्। कतिपयले युवा पुस्तामा मानसिक तनाव र सामाजिक दबाबका कारण आत्महत्याका घटना बढिरहेको आशंका गरेका छन्।

    प्रहरीले सबै घटनामा परिवारका सदस्य र स्थानीयसँग छलफल गरी वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेको छ। विशेषगरी कम उमेरका किशोरीहरूको आत्महत्याको श्रृंखला र अन्य दुःखद घटना देखेर समाजमा मानसिक स्वास्थ्य र परामर्शको आवश्यकताको विषयमा पनि चर्चा सुरु भएको छ।

    गाउँका अगुवाहरूले यस्ता दुखद घटनाहरूलाई रोक्न चेतना अभिवृद्धि, मनोपरामर्श र समाजमा सहयोग र समर्थनको महत्त्वमा जोड दिएका छन्।

    ताजा सूचना

    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    • पोखरामा चोरी तथा डाँका मुद्दाका २ आरोपी पक्राउ लाखौँ मूल्यका गरगहना बरामद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.