१८ भदौ २०८२, बुधवार / 03 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • चाडवाडमा वीरगञ्जका क्यासिनोले प्रलोभनमा पारेर नेपाली नागरिकलाई जुवा खेलाउँदै

    • मेराज हास्मी मेराज हास्मी
    • today२० कार्तिक २०८१

    वीरगंज | चाडवाडमा वीरगञ्जका क्यासिनोले प्रलोभनमा पारेर नेपाली नागरिकलाई जुवा खेलाउँदै वीरगञ्ज । चाडवाडको अवसरमा वीरगञ्जमा सञ्चालित विभिन्न क्यासिनोहरूले नेपाली नागरिकलाई प्रलोभन देखाउँदै जुवा खेल्न प्रेरित गरिरहेको खुलासा भएको छ । नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनले नै स्पष्ट रुपमा रोक लगाए पनि, केही क्यासिनोहरूले विशेष छुट र आकर्षक उपहारको घोषणा गर्दै नेपाली नागरिकलाई जुवाको जालमा पारिरहेको पाइएको हो ।

    Ad
    Ad

    यात्रा डेलीलाई प्राप्त जानकारी अनुसार क्यासिनोहरूले कुपन प्रणालीमार्फत मोटरसाइकल, कारजस्ता महंगा उपहार जित्न सकिने योजना ल्याएका छन् । केही ग्राहकहरूले क्यासिनोको यस प्रलोभनका कारण जुवा खेल्न जाने गरेको बताउँछन् । चाडवाडको रमाइलोमा सहभागी हुने बहानामा थुप्रै नेपाली नागरिकलाई यो जुवाको लतमा फसाउने काम भइरहेको स्थानीय स्रोतहरूले बताए ।

    Ad
    Ad

    वीरगञ्जमा क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन प्रा. लि., सुरज होटल र सेन्ट्रल मिडिया ग्रुपद्वारा सञ्चालित ह्याप्पी आवर क्यासिनोले नेपाली नागरिकलाई आकर्षित गर्ने योजनाहरु ल्याउँदै आएका छन् । यस प्रकारका योजना नेपाली कानुन विपरित भएको हुँदा पनि स्थानीय प्रशासनको उदासीनता तथा नियमनको अभावका कारण क्यासिनो सञ्चालकले अझ बढी हौसला पाएको देखिन्छ ।

    Ad

    यसबारे जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि गम्भीरता व्यक्त गरेका छन् । यात्रा डेलीसँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी अर्यालले यस विषयमा प्रहरी प्रशासनसँग समन्वय गरी तुरुन्तै अनुगमन गर्ने प्रतिबद्धता जनाए । क्यासिनोहरूले नेपाली नागरिकलाई आकर्षित गराएर खेलाउनु गैरकानुनी गतिविधि भएको बताउँदै उनले कडाइका साथ कारबाही गरिने चेतावनी दिए ।

    यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पनि गैरकानुनी गतिविधि गर्ने जोकोही पनि कानुनी कारवाहीको भागेदार बन्नुपर्ने बताए । हल्ला सुनिएपनि प्रहरी तथ्य र प्रमाणको भरमा अघि बढ्ने बताउँदै उनले यस विषयलाई गम्भिरतापूर्वक लिएको बताए ।

    स्थानीय जनताको चासो पनि यसै विषयमा केन्द्रित भएको छ । सामाजिक अभियन्ता तथा नागरिक अधिकारकर्मीहरूले प्रशासनलाई चाँडो कदम चाल्न आग्रह गरेका छन् । क्यासिनोहरूले आफ्नो आर्थिक लाभका लागि नियमको खिल्ली उडाइरहेको र यसले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै उनीहरूले कडाइका साथ नियम पालन गर्न माग गरेका छन् ।

    ताजा सूचना

    • छिमेकीको घरमा वाइफाइ चलाउन गएकी १७ वर्षीया किशोरीमाथि बलात्कार, आरोपी फरार
    • सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो
    • सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर
    • आलोकनगरमा प्रचण्ड–माधव भेट: वाम एकता र समाजवादी मोर्चा सक्रियतामाथि छलफल
    • रसुवामा मोटरसाइकल दुर्घटना भई हराएका दुई युवकको शव फेला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.