३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा जग्गा विवादको कारण दुई पक्षबीच भीषण झडप, १० जना घाइते।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१९ कार्तिक २०८१

     वीरगञ्ज: पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा जग्गा विवादको विषयलाई लिएर दुई पक्षबीच कडा झडप भएको छ जसमा १० जना घाइते भएका छन्। जग्गा विवादको कारणले एक पक्षको बलजफ्ती कब्जा प्रयासका कारण यो घटना भएको हो।

    Ad
    Ad
    Ad

     

    धर्मजित मेहता र किशोरी महतोको समूहबीच लामो समयदेखि चल्दै आएको जग्गा विवादका कारण स्थानीय अदालतमा मुद्दा दायर भएको थियो। अदालतले किशोरी महतोको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न अनुमति दिएपछि विवादको रफ्तार बढेको बताइएको छ। धर्मजित मेहता पक्षले नाप नक्सा गरेर मात्र काम गर्नुपर्ने बताएकोमा किशोरी महतो पक्षले बल प्रयोग गरी जग्गा जोत्न खोज्दा झडपको अवस्था सिर्जना भएको हो।

    Ad
    Ad
    Ad

     

    झडपमा धर्मजित मेहता, सुशीला देवी, रामवती देवी, रमेश कुशवाहा र महन्थ महतो कोइरी घाइते भएका छन्। किशोरी महतो पक्षबाट राधेश्याम, अमीर मेहता, अनिल कुशवाहा, उमेश कुशवाहा, बृजेश कुशवाहा लगायत १०-१५ जनाको समूह आक्रमणमा संलग्न भएको धर्मजित मेहताले बताए।

    Ad
    Ad
    Ad
    Ad

     

    जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीले दुवै पक्षबीच विवादित जग्गाको विषयलाई लिएर भएको झडपमा दुबै पक्षका १० जना घाइते भएको पुष्टि गरेका छन्।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.