९ भदौ २०८३, मंगलबार / 25 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटमा भारतीय नागरिक पक्राउ, अवैध हतियार फेला

    • बिशाल यादब बिशाल यादब
    • today१९ कार्तिक २०८१

    वीरगंज । रौतहटको राजदेवी नगरपालिका–९ स्थित ब्रहमपुरी गाउँमा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई अवैध हतियार र गोलीसहित पक्राउ गरेको छ।

    Ad
    Ad
    Ad

    सोमबार बिहान २ बजे सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको नेतृत्वमा गएको गस्ती टोलीले विशेष सूचनाको आधारमा राजदेवी–९, ब्रहमपुरीमा सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा छापा मारेको थियो।

    Ad
    Ad
    Ad

    गस्ती टोलीले पसलको शौचालयबाहिर शंका लागेर जाँच गर्दा शौचालयको माथिल्लो भागमा लुकाइएको अवस्थामा एक थान नलकटुवा पेस्तोल, ८ एमएमका तीनवटा गोली र एक थान खोका फेला पारेको छ। यस क्रममा प्रहरीले ४२ वर्षीय भारतीय नागरिक राजेश सिंहलाई नियन्त्रणमा लिएको हो।

    Ad
    Ad
    Ad
    Ad

    सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंका अनुसार, पक्राउ परेका सिंहलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।

    उक्त घटनाले सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध हतियारको प्रयोगलाई नियन्त्रणमा लिने प्रयास गर्दै रहेको पुष्टि गर्दछ। सुरक्षा बलले यस्तो अवैध गतिविधि विरुद्ध कडाइका साथ कारवाही गर्न तत्पर रहेको बताएको छ।

    पक्राउ परेका भारतीय नागरिकसँग सम्बन्धित थप जानकारी र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ। रौतहटमा यस प्रकारका घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने आश्वासन पनि प्रहरीले दिएको छ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.