३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • धनुषाको जुवाखालमा एसपी तिवारीको छापामारी: ३९ जुवाडे पक्राउ, १० लाख नगद बरामद

    • बिशाल यादब बिशाल यादब
    • today१९ कार्तिक २०८१

    वीरगंज | धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बजारस्थित धर्मशालामा जुवा खेलिरहेका ३९ जनालाई धनुषा प्रहरीले छापामारी गरी पक्राउ गरेको छ। धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीको निर्देशनमा शनिबार राति १ बजे गरिएको यस कारबाहीमा जुवाडेहरू नियन्त्रणमा लिइएका हुन्। पक्राउ परेका जुवाडेहरूमा धनुषासहित उदयपुर र रौतहट जिल्लाका व्यक्तिहरू पनि छन्।

    Ad
    Ad
    Ad

    प्रहरीको छापामारीमा जुवाखालबाट ९ लाख ७३ हजार ८ सय ७३ रुपैयाँ नगद बरामद भएको छ। साथै, तासका दुई गड्डी, फलवार प्रिन्ट भएको तीन थान तास, २४ पिस कौडा, ३६ थान मोबाइलसमेत बरामद गरिएको छ। जुवाखालमा जुवा खेलाउने मुख्य अभियुक्त किसोरी साह रहेका छन्, जसलाई यसअघि पनि जुवा खेलाउने आरोपमा पक्राउ गरिएको थियो।

    Ad
    Ad
    Ad

    धर्मशालाको पहिलो तलामा नियमित रूपमा जुवा खेलाउने गरेको र त्यसमा धर्मशाला सञ्चालकहरूले पनि कमिसन लिने गरेको खुलेको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर सोनी साहको संरक्षणमा निरन्तर रूपमा जुवा खेलाइँदै आएको स्रोतले जनाएको छ। साहले जुवा खेल्नका लागि हरेक दिन ८० हजार रुपैयाँ लिने गरेको आरोप छ।

    Ad
    Ad
    Ad
    Ad

    पक्राउ परेका अन्य व्यक्तिहरूमा रौतहटका जबिरा शाह, उदयपुरका रामरतन कापड, धनुषाका वंशराज नदाफ, बिलटु राइन मिया लगायत छन्। विशेष सुराकीका आधारमा एसपी तिवारीले स्वयं छापामारी गरेका हुन्, जसको जानकारी इन्सपेक्टर साहलाई समेत थिएन।

    धनुषामा यसरी ठूलो संख्यामा जुवाडेहरू पहिलो पटक पक्राउ परेका हुन्। पक्राउ परेकाहरूविरुद्ध मुद्दा चलाइने तयारी गरिएको छ। साथै, इन्सपेक्टर साहले आफ्नो इलाकामा महिला सहितको आर्केष्ट्र नचाउन अनुमति दिएको आरोपसमेत लागेको छ, जुन जिल्ला प्रहरी कार्यालयले रोक लगाएको गतिविधि हो।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.