१८ बैशाख २०८३, शुक्रबार / 01 May 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भाथाधामको सौन्दर्यकरणका लागि खानेपानी मन्त्री यादवलाई ज्ञापनपत्र बुझाइयो

    • बिशाल यादब बिशाल यादब
    • today१७ कार्तिक २०८१

    वीरगञ्ज। पर्साको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल दुग्धेश्वर महादेवको मन्दिर (भाथा धाम) क्षेत्रको सौन्दर्यकरण र पूर्वाधार विकासका लागि नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई ज्ञापनपत्र बुझाइएको छ।

    Ad
    Ad
    Ad

    पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-१ मा अवस्थित दुग्धेश्वर महादेवको मन्दिरलाई धार्मिक स्थलको रूपमा महत्व दिइन्छ। यस मन्दिर क्षेत्रमा प्रत्येक साउन महिनामा भव्य मेला लाग्ने र नेपाल-भारतका लाखौं भक्तजनहरूले यो स्थलमा पूजाआजा गर्न आउने गर्छन्। अन्य महिनामा पनि भाथा धाममा मेलासँगै धार्मिक गतिविधिहरू भइरहन्छन्।

    Ad
    Ad
    Ad

    शनिबार वीरगन्जस्थित मन्त्री यादवको निवासमा जसपाका नेता दीपक यादव र भाथा मेला समितिको टोलीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएको हो। मेला समितिले भाथा धाममा तिर्थालुहरूको सुविधाका लागि स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, र अन्य पूर्वाधार निर्माणको माग राख्दै मन्त्री यादवसँग पहल गरिदिन आग्रह गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री यादवले छठ पर्वपछि मन्त्रालय र सरकारी कार्यालयहरू खुल्ने बित्तिकै भाथा धाममा प्राविधिक टोली पठाएर आवश्यक पूर्वाधारको योजना बनाइने प्रतिबद्धता व्यक्त गरे l

    ज्ञापनपत्र बुझाउन गएको टोलीमा जसपाका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनलाल चौधरी, पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी, जन्नत अंसारी, वडा अध्यक्ष फरमान अन्सारी, जसपाका अन्य नेताहरू दीपक यादव, नागेन्द्र यादव, विश्वनाथ महतो थारु, माधव साह, प्रभाकर मिश्रा, मेला समितिका रामेश्वर राउत, द्वारिका उपाध्याय, गेनालाल पटेल र तेजा पञ्जियार लगायतको उपस्थिति थियो।

    भाथा धामको संरचना विकास र धार्मिक पर्यटन प्रवर्धनका लागि यस पहललाई महत्वपूर्ण मानिएको छ।

    ताजा सूचना

    • अमिरीलालप्रसाद गुप्ताको भ्रष्ट “विकास खेल” : ५० हजारको गेटमा अढाई लाखको लुट ?
    • विश्रामपुर गाउँपालिका वडा नं. ५ मा भ्रष्टाचार र अनियमितताको दुर्गन्ध
    • बारामा सशस्त्र प्रहरी नेपाल प्रहरी माथि गम्भीर आरोप: सर्वसाधारणलाई कडाइ, तस्कर ।लाई छुट?
    • इज्तिमा'मा विदेशी सहभागिता रोक्न विश्व हिन्दू परिषद् नेपालको माग,
    • वीरगञ्जमा ‘श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ सुरु, पहिलो दिन भव्य कलश यात्रा अभिलाष गुप्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.