३ चैत्र २०८२, मंगलबार / 17 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा–बारा औद्योगिक करिडोरमा हजारौं मजदुर बेरोजगार, उद्योग ठप्प

    • बिशाल यादब बिशाल यादब
    • today१३ कार्तिक २०८१

    वीरगञ्ज । नेपालकै प्रमुख औद्योगिक करिडोर वीरगञ्ज–पथलैया क्षेत्रमा सञ्चालित उद्योगहरु ठप्प भएपछि हजारौं मजदुर बेरोजगार बनेका छन्। डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द गर्दा उद्योगहरु प्रभावित भएका हुन्। यस घटनाले औद्योगिक करिडोरमा सञ्चालित बहुराष्ट्रिय कम्पनी र स्वदेशी लगानीका उद्योगहरुमा कार्यरत मजदुरहरुको रोजगारी संकटमा परेको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीले बताए।

    Ad
    Ad
    Ad

    थामीका अनुसार, विद्युत आपूर्ति पुनः सुचारु नभएसम्म आधा पारिश्रमिक दिएर मजदुरहरुलाई काममा राख्ने तयारी भए पनि यो अवस्था लामो समय कायम रहेमा श्रम सम्बन्धमा समस्या आउन सक्ने चेतावनी उनले दिए। यसअघि नै पथलैया–वीरगञ्ज करिडोरका केही छड र सिमेन्ट उद्योग आंशिक सञ्चालनमा मात्र रहँदा हजारौं श्रमिकले रोजगारी गुमाएका थिए।

    Ad
    Ad
    Ad

    बेरोजगारीको समस्याले यस क्षेत्रमा थप समस्या ल्याउने सम्भावना देखिएको थामीको भनाइ छ। उनका अनुसार, हुलास स्टील इण्डष्ट्रिज लिमिटेडमा १,१०० जना, जगदम्बा स्टील इण्डष्ट्रिजमा १,६२५ जना, हामा आइरन एण्ड स्टीलमा २५५ जना र अशोक स्टील इण्डष्ट्रिजमा ३२५ जना गरी करिब ३,३०५ जना श्रमिकहरु यस क्षेत्रका उद्योगहरुमा कार्यरत थिए।

    Ad
    Ad
    Ad
    Ad

    वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले उद्योगहरुमा आन्तरिक विद्युत आपूर्तिको गुणस्तर कमजोर हुँदा उत्पादनमा ह्रास आइरहेको अवस्थामा हाल विद्युत आपूर्ति बन्द हुँदा बेरोजगारीको समस्या अझ चर्किने बताए। यसैगरी, संघका पूर्व अध्यक्ष प्रदीप केडियाले प्लास्टिक र भट्टीमा आधारित उद्योगहरु बन्द हुने सम्भावना रहेको जनाउँदै, यसले मजदुर र व्यवस्थापनबीच द्वन्द्वको स्थिति निम्त्याउन सक्ने चेतावनी दिए।

    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले देशभरका १२ वटा उद्योगहरुले किस्ताबन्दीमा बक्यौता रकम तिरेर विद्युत सुचारु गरिसके पनि वीरगञ्ज –पथलैया करिडोरका उद्योगहरुले अझै बक्यौता नतिरेको जानकारी दिए।

    ताजा सूचना

    • ग्लोबल मनी वीक २०२६ मा जीवन ज्योति स्कूलका विद्यार्थीको गरिमा विकास बैंकमा शैक्षिक भ्रमण
    • ग्यासको कृत्रिम अभाव रोक्न उद्योगी र वितरकलाई विभागको चेतावनी
    • जल तथा मौसम विज्ञान विभागले नेपालका केही स्थानमा हावाहुरीको चेतावनी जारी गर्यो
    • अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेमन्ट (Fremont) मा एक गहना पसलमा भएको डरलाग्दो लुटपाटको भिडियो सार्वजनिक भएको छ। न्
    • हिन्दु राष्ट्रको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मुस्लिम क्लस्टरबाट ताहिर अलि सांसद, समर्थन र आलोचना दुवै तीव्र
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.