९ भदौ २०८३, मंगलबार / 25 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जमा माटाका भाँडाकुँडाको व्यापार शुरू

    • बिशाल यादब बिशाल यादब
    • today१३ कार्तिक २०८१

    वीरगञ्ज । दीपावली तथा छठ पर्व नजिकिंदै जाँदा वीरगञ्ज को बिपी उद्यानको पूर्वी पर्खाल छेउमा माटाका भाँडाकुँडाको व्यापार शुरु भएको छ। पर्सा जिल्लाका करीब दुई दर्जन कुम्हाल समुदायका व्यापारीले गाउँबाट ठूलो परिमाणमा माटाका परम्परागत सामग्री बिक्रीका लागि ल्याएका छन्।

    Ad
    Ad
    Ad

    कुम्हाल व्यापारीहरूले माटाका दियो, ढकना, कलश, चौमुख, हात्ती लगायतका सामग्रीको व्यापार गर्दैछन्। तर, कृत्रिम झालरबत्तीको प्रयोग बढ्दै गएपछि माटाका दियोको माग विगतका वर्षभन्दा घटेको उनीहरूको गुनासो छ। पकाहामैनपुर गाउँपालिका–२ सुर्जाहाका भागीरथ पडितका अनुसार, दियोको कम बिक्रीले आफ्नो परम्परागत पेशा नै धरापमा परेको छ।

    Ad
    Ad
    Ad

    बजारभाउ स्थिर, कारोबारमा कमी

    Ad
    Ad
    Ad
    Ad

    यद्यपि, माटाका यी सामग्रीहरूको मूल्य पोहोरकै जस्तै रहे पनि कारोबार भने घट्दै गएको व्यापारीहरूले बताए। भागीरथ पडितले हाल १ सयकडा दियोको मूल्य रु १२०–१३०, ढकना रु ४०, कलश रु ६०–८०, चौमुख रु १०, हात्ती रु २४०–६००, तथा धूपदानी रु ४० मा बिक्री भइरहेको जानकारी दिए।

    बजारमा झालरबत्तीको माग उच्च हुँदा दीपावलीका लागि माटाका दियोको प्रयोग घटिरहेको भए पनि छठ पूजाका लागि भने माटाका सामग्रीहरूको माग कायमै रहेको उनीहरूको भनाइ छ।

    छठ पूजामा माटाका सामग्रीहरूको प्रमुखता

    कुम्हाल व्यापारीहरूका अनुसार, छठ पूजामा माटोबाट बनेका सामग्रीहरूको विकल्प नभएका कारण त्यस बेला केही बिक्री बढ्छ। विशेष गरी माटाका दियो, ढकना, हात्ती, घैला, र कलश छठ पर्वका लागि बढी बिक्री हुने गर्छन्।

    बिपी उद्यानको फूटपाथमा दीपावली तथा छठ पर्वसम्म माटाका यी परम्परागत सामग्रीहरूको बिक्री वितरण गर्न थालिएको छ, जसले केही हदसम्म व्यापारमा सकारात्मक प्रभाव पारेको छ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.