प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ: ‘आन्दोलन सरकारमा नरहनुको छटपटी’
                                                    
                        
                        
                                                            - 
                                     बिशाल यादब बिशाल यादब
- today२७ कार्तिक २०८१
 
                    
                    
                        
                        
                        
                        
                            
                                
                            
                            
                                
                                    
                                
                            
                            
                                
                                    
                                
                            
                            
                                
                                    
                                
                            
                            
                                
                                    
                                
                            
                        
                    
                                        
                         
                     
                                        
                        वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आन्दोलन र आलोचना सरकारमा नरहनुको छटपटी भएको टिप्पणी गरेका छन्। सोमबार साँझ विराटनगरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक विवादहरूलाई अनावश्यक मुद्दा बनाउनु नहुने भन्दै सरकारका नीतिहरूको बचाउ गरे।
प्रधानमन्त्री ओलीले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सरकारको संलग्नता नभएको प्रष्ट पारे। प्रचण्डले एसपीपी सम्झौतामार्फत् सरकार राष्ट्रको स्वाधीनता र राष्ट्रियतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आएका छन्। तर प्रधानमन्त्री ओलीले यसबारे हाल कुनै पनि सम्झौता अथवा छलफलको अवस्था नभएको स्पष्ट पारे।
संविधान संशोधनका लागि आयोग गठनबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को भएको र त्यसका लागि छुट्टै आयोग गठन गर्नु आवश्यक नरहेको बताए।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणद्वारा लाइन काटिएका उद्योगहरूलाई लाइन नजोडिएको सवालमा उनले उद्योग र कलकारखानाहरूलाई चलाउनुपर्ने प्राथमिकता भएको र आर्थिक समृद्धिका लागि सरकारको सहकार्य जारी रहने बताए।