२ आश्विन २०८३, शुक्रबार / 18 September 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज मेयर सिंहमाथि कारबाहीको माग, नेपाली कांग्रेस पर्साले ज्येष्ठ नागरिकमाथि हातपातको आरोप।

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२२ आश्विन २०८१

     वीरगञ्ज, पर्सा / अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध नेपाली कांग्रेस पर्साले कारबाहीको माग गरेको छ। नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले सोमबार एक विज्ञप्ति जारी गर्दै सिंहमाथि ज्येष्ठ नागरिकमाथि हातपात र अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।

    Ad
    Ad
    Ad

    घटना २०८१ आश्विन २१ गते, वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौंमा भएको हो। वर्षातको पानी निकाससम्बन्धी विवादको क्रममा नगर प्रमुख सिंहको नेतृत्वमा पुगेको टोलीले स्थानिय बासिन्दा तथा नेपाली कांग्रेस वडा कार्य समितिका सभापति शिव ओम लामिछानेलाई हातपात गरेको र ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ।

    Ad
    Ad
    Ad
    Ad

    यसै क्रममा, लामिछानेका छोरा सुदर्शन लामिछानेलाई नगर प्रहरीले अराजक शैलीमा कुटपिट गरी घाइते बनाएको नेपाली कांग्रेसले जनाएको छ। विज्ञप्तिमा यस घटनाको कडा निन्दा गर्दै कांग्रेस पर्साले दोषीमाथि निष्पक्ष छानबिन गरी तत्काल कानुनी कारबाही गर्न जोडदार माग गरेको छ।

    यो घटना पछि वीरगञ्जमा स्थिति तनावग्रस्त बनेको छ, र स्थानिय प्रशासनमाथि दबाब बढ्दै गएको छ। स्थानीय जनप्रतिनिधि र प्रहरीबाट भएको यो कथित दुर्व्यवहारले नगरवासीहरूमा ठूलो आक्रोश उत्पन्न गरेको छ, जसले राजनीतिक तनावलाई अझ बढाउन सक्छ।

    अब नगर प्रमुख सिंह र नगर प्रहरीमाथि कानुनी कारबाही हुने या नहुने भन्ने प्रश्न राष्ट्रिय चासोको विषय बनेको छ।

    ताजा सूचना

    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.