११ मंसिर २०८३, बिहिबार / 26 November 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२६ भदौ २०८३

    ​वीरगञ्ज- वीरगञ्ज महानगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा शुक्रबार महानगरको सभाहलमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ। ​दुई ब्याच (भदौ २३–२४ र २५–२६ गते) मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालित सो गोष्ठीमा महानगरका ३४ स्वास्थ्य चौकी प्रमुख तथा साझेदार संस्थाका प्रतिनिधि गरी कुल ४४ जनाको सहभागिता रहेको थियो। विगत १० वर्षपछि महानगरका कार्यवाहक मेयरसहित सम्पूर्ण सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा यो समीक्षा गोष्ठी आयोजना गरिएको हो। ​कार्य मूल्यांकन तथा प्राप्त प्रगतिका आधारमा लिपनी बिर्ता स्वास्थ्य चौकी, पर्सैनी बिर्ता स्वास्थ्य चौकी, मनियारी स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र (छपकैया–१) र आधारभूत स्वास्थ्य केन्द्र–२ लाई सम्मान गरिएको छ। ​विगत तीन वर्षको नतिजासँग तुलना गर्दा यस वर्षको कार्य प्रगतिमा केही आंशिक कमी देखिएको छ। केन्द्रबाट प्राप्त विवरण र स्थलगत रूपमा गरिएको वास्तविक कामबीच मेल नखाँदा प्रगति विवरणमा यस्तो कमी आएको महाशाखाले जनाएको छ। ​कार्यक्रमका अध्यक्ष एवं कार्यवाहक मेयर इम्तियाज आलमले स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महानगर प्रतिबद्ध रहेको बताउनुभयो।

    Ad
    Ad
    Ad

    उहाँले केन्द्रीय विवरण र स्थलगत अवस्थाबीचको अन्तरलाई सुधार्दै आगामी दिनमा सेवाको गुणस्तर बढाउन सबै स्वास्थ्यकर्मीलाई जिम्मेवार भएर लाग्न निर्देशन दिनुभयो। ​त्यस्तै, कार्यक्रमका प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले पारदर्शी मूल्यांकनका आधारमा उत्कृष्ट संस्थाहरूलाई प्रोत्साहन गरिएको स्पष्ट पार्नुभयो। उहाँले काम गर्ने क्रममा देखिएका प्राविधिक तथा व्यावहारिक त्रुटिहरू सुधार्न र केन्द्रको विवरण तथा फिल्डको अवस्थाबीचको दूरी हटाउन आगामी दिनमा स्थलगत अनुगमनलाई अझ तीव्र बनाइने बताउनुभयो। ​जहिर आलमले सञ्चालन गर्नुभएको सो गोष्ठीलाई अब हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • एनसेलले डिसेम्बर १७ देखि देशभर ३जी सेवा पूर्ण रूपमा बन्द गर्ने
    • प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा प्रस्थान
    • बारादेखि काठमाडौंसम्म प्रहरी चेकपोस्टकै अगाडिबाट तस्करीको खेल
    • सांसद पन्तको पहलमा नारायणी नदीको पानी सिर्सिया खोलामा मिसाइयो
    • दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.