२ आश्विन २०८३, शुक्रबार / 18 September 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२ आश्विन २०८३

    वीरगन्ज - वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पदबहाली गरेलगत्तै प्रतिशोधको राजनीति सुरु गरेको चर्चा महानगरका कर्मचारी वृत्तमा चलेको छ। आफू निलम्बनमा रहेका बेला कार्यवाहक मेयर इम्तियाज आलमलाई सहयोग गरेको झोकमा उनले नगर प्रहरी प्रमुखसहितका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएपछि यो चर्चा सुरु भएको हो। मेयर सिंहले नगर प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक हरि भुसाल र प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मण लुइटेललाई जिम्मेवारीबाट हट्न मौखिक आदेश दिएका छन्। बिहीबार आफ्नै कार्यकक्षमा बोलाएर उनीहरूलाई शुक्रबारदेखि काममा नआउन निर्देशन दिइएको महानगर स्रोतले जनाएको छ। यस विषयमा प्रतिक्रिया दिँदै नगर प्रहरी प्रमुख भुसालले मेयर सिंहले काममा नआउन आदेश दिएको पुष्टि गरे। हटाउनुको स्पष्ट कारण नखुलाइएको बताउँदै उनले भने, "आज त म काममा आएको छु, अब राजीनामा दिन्छु।" तत्कालीन नगर प्रमुख विजयकुमार सरावगीको कार्यकालदेखि नै भुसालले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। कार्यवाहक प्रमुखलाई सघाउने अन्य कर्मचारी पनि निशानामा मेयर सिंहको निशानामा नगर प्रहरी मात्र नभई कार्यवाहक प्रमुख आलमलाई सहयोग गर्ने अन्य कर्मचारीसमेत परेका छन्।

    Ad
    Ad
    Ad

    उनीहरूलाई दिइएको सेवा-सुविधा खोस्ने र सुविधास्वरूप उपलब्ध गराइएका सवारी साधन (मोटरसाइकल) मौखिक आदेशका भरमा फिर्ता माग्न थालिएको कर्मचारीहरूले बताएका छन्। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रमुखलाई सघाएकै आधारमा कर्मचारीमाथि गैरकानुनी र प्रतिशोधपूर्ण व्यवहार गर्न थालिएको भन्दै महानगरभित्र अन्यौल र असन्तोष बढेको छ। मेयर सिंह पुनः पदमा बहाल भएपछि यी कदम चालिए पनि यसबारे महानगरपालिकाले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया वा जानकारी सार्वजनिक गरेको छैन।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.