अग्निपथ मिडिया - AGNIPATH MEDIA
वीरगञ्ज , पुस २२ l फोहरी राजनितिले देशलाई नै दुर्गन्धित बनायो ?
एक खोजमुलक अनुसन्धान रिपोर्ट !
राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारलाई समर्थन गरेकोमा अहिले आएर खाऊ कि अोकलौ भएको छ।
नेतृत्वको दोहोरो चरित्रका कारण पार्टीमा चर्को आलोचना भएको छ।
सत्य हो भने !
राष्ट्रवादी नेता हेमन्त सिलवालको आत्म हत्या हुनुमा राजाका सचिव फणीन्द्र पाठक र सागर तिमल्सिना अनुसन्धानमा तानिने अनुसन्धान तहकिकात विश्लेषण।
एक राजनीतिक रिपोर्ट !
:------ स्वतन्त्र राजनीतिक बिष्लेषक कृष्ण प्रसाद शर्मा पन्थी।
देशमा केही हद सम्म राजनीतिक परिवर्तन भएको छ। देशकै पुरानो पार्टी विगतमा गाई र गिता बेचेर आफ्नो राजनीतिक ऐजेन्डा विपरीत गणतान्त्रिक शासन प्रणालीमा गाछी र बाछी , भाइ र गाईलाई बेचेर देशको धर्मलाई बेचेर देशको उपप्रधानमन्त्री सम्म बनेर डलर खेती गरेर राजाको नाम भजाएर पार्टीको सिद्धान्त ,विचार, नीति र नियति परिवर्तन गरेर राष्ट्रघात, धर्मघात, राजघात, दिशाहिन र नितिहीन राजनीति गरेर राजनीतिलाई एउटा व्यापारको खेती गरेको पार्टी हो राष्ट्रिय प्रजातन्त्र पार्टी ?
धर्मको व्यापार गर्ने, हिन्दु राष्ट्र र धर्मको वकालत गर्ने, दरवारलाई बदनाम गर्न, दरवारकै भत्ता खाने चुनावमा भारतीय राजदुतावास लगायत विदेशीबाट पैसा असुल्ने राजाको बदनाम गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको राजाको पार्टी भनेर जन मानषमा प्रचारप्रसार गर्ने हिन्दुको नाममा धर्मको प्रचार
गर्ने र कमाउ धन्धामा समर्पित पार्टी थियोे। हिन्दु भनेको धर्म होईन आश्था हो खै ! बुझेको र जनतालाई बुझाएको ? विगतमा सामन्ती संस्कार र धर्मको अपमान गरेर यो पार्टीले जनताको मन मष्तिष्कबाट अलग्गिएको सामन्तीवाद,मन्डलेको जत्थाको रूपमा स्थान पाएको अतिवादी धुन्धकारी अपवित्र गठबन्धनको अवसरवादी पार्टीको रूपमा परिचित थियो।
आजपनि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा अध्यक्ष कक्षमा प्रवेश पुर्व एउटामात्र हल छ त्यस हलको दक्षिणतर्फ सोफासेट तीनबटा राखिएको छ त्यहा पार्टीका पुर्वअध्यक्षहरू बाहेक अरूलाई बस्न अनुमति छैन। यो चरम विभेद र पक्षपात अधिनायकवाद ,सामन्तवाद आफन्तवाद र जातिवाद र विभेदको निरंकुशता कायमै छ। विगतमा पदकालागि एउटा पार्टी अध्यक्षको पदमा तीन जना हुन्थे कमल थापा, पशुपतिशमशेर र प्रकाश चन्द्र लोहनी थिए।
मानिसले किन बुझ्न सक्दैनन राजा, वावुआमा र गुरु कहिलेपनि पुर्व हुदैनन र राजाको कुनै पार्टी हुँदैन राजा सबैको साँझा हुन्छ। जब देशमा गणतन्त्र आयो धर्म निरपेक्षता र राजसंस्थाको अन्त्य गरिरहदा यी राष्ट्रवादी र हिन्दुवादी कुन दुलोमा पसेका थिए यो अहम प्रश्न हो ? राजा र राजसंस्थालाई विवादमा पार्ने यिनै कथित हिन्दुवादी हुन गाईको व्यापार गर्ने हिन्दु धर्मको दुहाई दिने यिनै पार्टीका महारथी थिए।
विगतको यस्तो तितो अनुभव बटुलेको राप्रपालाई एकता महाधिवेशनबाट सर्वसम्मत नयाँ पुस्तामा राजनीतिक भार हस्तान्तरण भयो फल स्वरूप राष्ट्रिय प्रजातन्त्रको पार्टीको अध्यक्षमा राजेन्द्रप्रसाद लिङ्गदेनको उदय भयो र देशमा एक प्रकारको नयाँ तरंग आयो र अब देशमा परिवर्तन र विकाश भ्रष्टाचारको अन्त्य सुशासनको प्रत्याभूति हुनेमा जनतामा एक प्रकारको ऊर्जा आएको थियोे।
देशको महौल र जन समर्थन र भिडभाड देख्दा अन्य पार्टीका नेतापनि त्राहीमान बनेको अवश्था थियो। यसमा पार्टीको भन्दापनि राजेन्द्रप्रसादको ऐजेन्डा र विचारबाट अब देशमा परिवर्तन र बिकाश जन सम्मृद्धि हुनेछ देशले काँचुली फेर्छ भन्ने सोचमा पार्टी विपरीत बिचार भएका मानिसहरूपनि प्रभावित थिए तर जस्तो आशा र भरोसा थियोे त्यसले सार्थकता पाएन। राजेन्द्रप्रसाद लिङ्गदेन असल नेता हुन उनको भाव र राजनीतिक निष्ठा, संस्कारको राजनीति भ्रष्टाचारको बिरोध र देशको पहिचान सभ्यता र संस्कृति एवं इतिहासको सम्मान गर्ने सवालमा लिङ्गदेनको जन समर्थन अत्याधिक थियोे तर त्यसो हुन सकेन ।
यो पार्टीमा पशुपतिशमशेरको हैकमवाद कायम छ उनले अन्तर हृदयदेखि लिङ्गदेनलाई अध्यक्ष स्वीकार गर्न नसकेको अवश्था छ। उनले पार्टीलाई करोडौं सहयोग गर्नु भकोमा उपहार स्वरूप समानुपातिक साँसद भएका छन। प्रकाश चन्द्र लोहनीले समानुपातिक सांसद नपाएर छटपटाउदै हिडेका छन।
राप्रपामा गुट,उपगुट, व्यक्तिवादी चरित्रको निर्माण भएको छ। सबै सात जना प्रत्यक्ष निर्वाचित सांसदमा दीपक बहादुर सिंह र ज्ञानेन्द्र शाही नयाँ अनुहार हुन भने बाकी पाँच जना पुर्व मन्त्री र उच्चस्तरीय पदभार सम्हालेका नेतृत्व हुन। पार्टीमन ६५ % पदाधिकारी असंतुष्ठ छन। पशुपतिशमशेर बृद्ध अवश्थामा छन र उनले अभिभावकीय सम्मान स्वीकार गर्न सकेनन बोल्दा बोल्दै - याल रूमाले पुछेर भएपनि सत्ता र पावरबाट अलग्गिन सक्दैनन।
देशको अति नै विवादित महाकाली सन्धि हुँदा पशुपतिशम्शेर र प्रकाश चन्द्र लोहनी जलश्रोत र परराष्ट्र मन्त्री थिए यिनीहरूले राष्ट्रघातको राष्ट्रघाती सन्धिमा डिजाइन र सहीछाप ठोकेका व्यक्ति हुन भने दीपक बोहरा घाटीका क्यान्सर पिडित नेता हुन उनी राम्रोसंग बोल्न सक्दैनन र उनी विगत पञ्चायत काल र गणतन्त्रान्त्रिक कालमा मन्त्री भएका विवादास्पद नेता हुन। यसैगरी बिक्रम पान्डेय कालिका कन्स्ट्रक्सनका मालिक हुन भने बुद्धिमान तामाङ पुर्व गृह राज्यमन्त्री भएका व्यक्ति हुन र हालपनि एउटा सुरक्षा गार्ड वाकीटकी सहित २४ घन्टा साथमा हुन्छन।
जब समानुपातिकको भोलिपल्ट निर्णय हुने दिन बुद्धिमान तनमाङ्ग ज्यु अध्यक्ष लिङ्गलेन ज्युको निवासमा बडो चिन्तित भएर रामभक्त हनुमान जस्तै पाउमा बिन्ती बिसाई रहनु भएको दृष्य स्वयं बिष्लेषकले देखेको अवश्था छ। हामी कुनै धर्म विरोधी होइनौ सबै धर्म सम्मानित छन तर नेपालमा जवरवस्ती धर्म परिवर्तन गर्नु सहन सक्ने अवश्था रहदैन बुद्धिमान ज्यु पृथकधारका धर्मावलम्बी हुन र उनी समानुपातिक साँसद भए। यसैमा विना लामा देशकै चेली हुन उनप्रति पार्टी समर्थकर समानुपातिक सांसदको विवाद होइन विवाद हो वधि प्रकृया र एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट दुई जना समानुपातिक सांसद मनोनयन किन ?
यी सबै मन्त्री बनी सकेका नेतृत्व हुन वर्तमान समयमा दीपक बहादुर सिंह र ज्ञानेन्द्र शाही नयाँ नेतृत्व हुन र यसमा निष्कलंकित नेता राजेन्द्रप्रसाद लिङदेन हुन।
राप्रपा नेतृत्व सक्षम भएरपनि घेराबन्दीमा परेका छन। यिनले विपरीत ऐजेन्डा बोकेका पुर्व प्रधानमन्त्री के.पी. वलीसंग झापा,चितवन र रूपन्देहीमा गठबन्धन गरेर उनले मिडिया बोले जस्ले सुर्यमा भोट हाल्दैन उसलाई कारवाही गर्छु भनेर चुनावको मुखमा आएर मुख खोले त्यसपछि व्यापक विरोध भयो र अध्यक्षको यो अमृतवाणी बिष बन्न पुग्यो र जनतामा आएको सद्भावमा २५ % गिर्न पुग्यो र जनताले आफ्नो मतद्वारा अस्वीकार गरे अब लिङ्गदेन र ऐमालेमा के फरक भयो ? भनेर जनमत विपरीत दिशातर्फ लागे मतदान परिणाम हामी बिच स्पष्ट छ। त्यो पनि हाम्रो सामु जग जाहेर भएको परिणाम देखियो। हाल आएर विपरीत धुर्वका प्रचण्ड ज्युसंग लगन गाँठो जोडेर तिव्र विवादास्पद परिस्थितिमा इन्तु न चिन्तु किंमकर्तब्यको दोसाँधमा छन पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेन। विगतको संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसंग तालमेल अध्यक्ष ज्युले नगर्नाले २०% भोट समानुपातिकमा जान पुग्यो भने वाँकी मतमात्र अन्य पार्टी र गठबन्धनमा जाने स्थिति बन्यो।
राप्रपाको ऐजेन्डा संघीयताको खारेजी भन्छ र संघीयताका समर्थक राजनीतिक धारसंग गठबन्धन गर्छ कहिले मन्त्री खान्छु भन्छन त कहिले खाँदैन , कहिले सरकारमा जादैन भन्छन अध्यक्ष लडखडाएका छन किन ? कहिले सरकारलाई समर्थन र सरकारमा जाने भनेर घोषणा गर्छन भोलिपल्ट सरकारमा जान्न तर सरकारलाई समर्थन गर्छौ भन्छन यो नीति,विधि, विधान सम्मत भयो त ! सरकारमा नजाने भए किन सरकारमा जान्छौ भनेर सही ठोकियो पछि सरकार बाहिर समर्थन त कहिले के भनेर दोहोरो चरित्रको राजनीतिले के संदेश लिन्छ ? कतिले सरकारमा कतिखेर पुग्ने भनेर दवावमा दिइरहेका छन त कोहीले कुनै हालतमा सरकारमा जानु हुदैन सरकारमा गयौं भने पार्टी आश्था र निष्ठा खतम हुन्छ भनेर दुई चिरामा विभक्त छन।
अब चोक्टा खान गएकी बुढी झोलमा डुवेर मरी भएको छ। पार्टीको निर्णय तटस्थ हुनु पर्छ। यस्तो विचलित मानिषताले पार्टीका समर्थक र शुभचिन्तकमा दुविधा उत्पन्न हुन्छ। समानुपातिक चयनमा ठुलो विवाद छ एउटामात्र जिल्ला र निर्वाचन क्षेत्रबाट बुद्धिमान तामाङ र विना लामाको विवाद यथावत छ हिन्दु धर्मको ऐजेन्डा बोक्ने विपरीत धर्म मान्नेलाई छान्ने र धर्मको ज्ञाता पुष्पराज पुष्पलाई समानुपातिकमा नराख्ने जस्ता विवादास्पद निर्णयले पार्टी अब फुटने दोसाँधमा देखिन्छ। यस्ता अपरिपक्व निर्णयले पार्टीको ऐजेन्डामात्र होइन जन आश्था र विस्वास गुमेको छ।
अवपनि सरकारमा जाने र दुईचारवटा मन्त्रालय खाने कि पार्टी बिस्तार र ऐजेन्डा सहितको राजनीति गर्ने ? किन रून्छस मंगले आफ्नो ढंगले भएको छ। बुहारीको मगनी गर्ने टीकाटालो गर्ने र विवाहको शुभ मुहुर्तमा दुलही भाग्ने हिन्दी फिल्मको झझल्को आयो । अब सर्त सहित सरकारमा जाने निर्णय भयो । त्योपनि कार्य सम्पादन तथा व्यवस्थापन समितिका महान बुद्धिजीवीहरूबाट भन्छन। पार्टी अध्यक्षको घेराबन्दी नै पार्टीको दुर्भाग्यपूर्ण विडम्बना रहेको छ। अब प्रश्न यहीँ हो मुलढोकाबाट छिर्न विवेकशीलता देखिएन झ्यालबाट छिर्दा जन सम्मान र पार्टीप्रतिको जन आश्था कति सम्मानित होला ? यसैमा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले त हामी सरकारमा जाँदैनौ सरकारलाई समर्थन गरेर प्रतिपक्षको भूमिका निर्वाह गर्छौ भनेका थिए र पार्टीका बरिस्ठ उपाध्यक्ष विद्वान रविन्द मिश्र ज्युले त खरो रूपमा प्रचण्डलाई धम्कीपुर्ण भाषामा सरकारमा जानु हुदैन भनेर चर्को बिरोध गर्नु भएको देखियो।
अब एउटा ढोलपनि पिटिदै छ श्री ५ बडामहाजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदा दिने भयो यो हाम्रै कारणले भनेर सस्तो विज्ञापनको प्रचार प्रसार गरिएको छ। वास्तविकता त्यो हो जब काठमाडौको ईन्द्रजात्रमा देशका प्रधानमन्त्री र राष्ट्रपतिको हनुमानढोकामा अपहेलना भयो काठमाडौंका मेयर बालेन शाहको जय जयकार भयो तब यिनीहरूमा चेतनाको बन्द ढोका र बर्षौदेखि जमाएर राखेको बुद्धिको बिर्को खुल्यो । बालेनको सम्मान राष्ट्रिय पोषाकको पहिचान तब सम्मानित प्रधानमन्त्री प्रचण्ड ज्युले दौरा सुरवाल र राष्ट्रिय पोषाक धारण गर्नु भयो अब पृथ्वी जयन्ती र एकता दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिइएन भने हामीलाई जनताले धिक्कार्छन भनेर प्रधानमन्त्रीले बढो सुझबुझका साथ विदा दिने र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने घोषणा गरेका हुन। अब पार्टीले योपनि भन्नु पर्थ्यो कि प्रचण्ड ज्युलाई दौरा सुरवाल र कोट लगाउनु पर्छ भनेर हामीले भनेका हौ र योपनि सर्त हाम्रै थियो त भन्न छुटेछ भनेर।
सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन नभएर सरकार नबन्ने स्थितिमा पनि छैन। राप्रपा विनापनि सरकार बन्छ र चाहिने भन्दाबढी बहुमत छ । टालाटुली बटुली कति राम्री पुतली त के.पी.वली ज्युले बनाई सकेका छन। हो ! केही राप्रपाका आवाजकोपनि सम्मान भयो जनताको चाहानपनि पुरा भयो भन्नकालागि यो प्रचन्ड ज्युको चतुर राजनीतिक रणनीति भएको राजनीतिक वृतमा सरकार कै पक्षका जिम्मेवार नेतृत्वबाट पुष्टि भएको बिषय हो।
हाल बजारमा व्यापक चर्चामा आएको बिषय छ राप्रपा अध्यक्ष लिङ्गदेनले सिमरामा रहेका राजा ज्ञानेन्द्रलाई ६/६ घन्टा भेटवार्ता भएको छ भनेर यसमा राजालाई भेटनु कुनै महत्त्वपूर्ण बिषय होइन तर बिषय हो राजा ज्ञानेन्द्र राप्रपाकामात्र राजा हुन कि अन्य सबै पार्टी ,दल र तीन करोड नेपालीका ?
हाल बजारमा नागरिक भन्छन यो राष्ट्रिय प्रजातन्त्र पार्टी राजाको पार्टी हो कि राजा सारा देश र विश्वकै सम्राट हुन ? राजाले कमल थापालाई महत्व दिए कमल थापाले दरवार नै उडाइ दिएर राजसंस्थाको घोर अपमान भयो अवसरवादीको परिणाम छर्लङ्ग देखिन्छ हैन फेरि दरवारले अर्को कमल थापा जन्माए भन्ने जन आरोप छ।
यस्तो संवेदनशील पक्षमा राजाले एउटा पार्टीलाई काँखा हाल्ने कि समग्र देशका जनताको राजा बन्ने विगतमा राजालाई खोपीमा राखेर आसेपासे चम्चे, ढोके हरूले सत्य र सही सुचना दिएनन सधै ठिक छ सरकार ? अति राम्रो छ सरकार भनेर भ्रममा पारेर दरवार हत्यकान्ड समेत गरेर रमाए ! दरवारको यस्तै हालत बनाए। राजाले राजेन्द्रप्रसाद लिङ्गदेन मात्र होइन पुष्प कमल दाहाल प्रचण्ड , के.पी. बली, शेर वहादुर देउवा पार्टी , गगन थापा, रवि लामिछाने, बालेन्द्र शाह, गोपाल शमाल, हर्क साम्पाङ्ग , देशका विज्ञ ,विष्लेषक,राजनितीज्ञ, संविधान विद, विद्वान, संसारकर्मी, उच्चस्तरीय नेतृत्वलाईपनि भेटने बोलाउने विचार विमर्श गर्ने राजनीतिक संवाद गर्ने, जनतामाँझ जाने राष्ट्र ,राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका वारेमा बहस गर्नु पर्छ भन्ने कोही सल्लाह लिने कोही सल्लाहकार छैनन।
राजाका सल्लाह , विस्वासीला पात्र निजी सचिव द्वय फणीन्द्र पाठक, सागर तिमल्सिना र पशुपति भक्त महर्जन जस्ता सल्लाहकारले राजालाई सही सल्लाह नै दिएनन दरवारको सम्मान गिराउनमा यिनीहरूको ठुलो हात छ। यी दुईवटा सल्लाहकार फणीन्द्र र सागरको सम्पत्ति छानबिनका गर्नु पर्छ यिनीहरूले देशको पैसा विदेश लगेर राखेको र विदेशमा घर नै किनेका छन भन्ने सुचना आइरहेको छ । यिनकै कारण राष्ट्रवादी नेतृत्व हेमन्त सिलवालले राजालाई भेटन नदिने यिनै दुई जना हुन र हेमन्त सिल्वालले राजालाई भेटन नदिएको पिडामा उनले आत्महत्या गरेको उनको सुसाईट नोटमा उल्लेख छ। यो सत्य हो भने अब यिनी दुवै जनालाई दुरूत्साहन वारदातमा कानुनी कारवाही गर्नु पर्छ कि प्रदैन यिनकै कारणले उनी मर्न बाध्य भएका थिए भने ?
सत्य तितोपनि हुन्छ अपाच्यपनि हुन्छ। जनताको प्रश्न देशका राजालाई यो छ कि राजा सबैको साँझा हुन्छ। विगतमा होलेरी कान्डमा प्रचण्ड ,वावुराम, बादल र जनार्दन शर्मा लगायतका दर्जनौं मावोवादी नेतालाई ज्यान बचाउने राजा वीरेन्द्र थिए। यसले के पुष्टि गर्छ भने राजा सबैका साँझा अभिभावक हुन्छन कम्बोडिया बाहेकको इतिहास हेर्दा राजाले न राजनीति गर्छन न राजाको कुनै राजनीतिक पार्टी हुन्छ ? यो ऐतिहासिक दृष्टान्त हो। राजाको पार्टी राप्रपा हो भने राजा किन गद्दीमा बस्ने राप्रपाको सम्मानित अध्यक्ष भएर बस्नु पर्यो होइन संवैधानिक राजा बनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाउने हो भने सबै पार्टी ,दल र समस्त जन नागरिकको राजा हुने वातावरण स्वयं आफैले सृजना गर्नु पर्यो ज्ञानेन्द्र सरकारलाई सत्य र खर्हो प्रश्न हो जनताको यो विश्लेषण हो जन आवाज र जन सर्वेक्षणको ?
प्रसंग सरकार निर्माणको जब सरकारमा जाने भनेर १०० मिटरको रेसमा दौडदै बालकोट पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले सात दलीय गठबन्धन सरकारमा जान सही ठोकेका र राप्रपालाई एक उप सभामुख सहित ४ बटा मन्त्रालय दिने आन्तरिक सहमति भएको थियोे अब कुन मुखले मन्त्री चाहियो भनेर याचना गर्ने कि ठिक छ बासी भएपनि भात हो खानु त पर्यो पेट भोको छ भनेर भिख माग्ने र बालबालिका , जनसंख्या र विना महत्त्वका मन्त्रालय लिएर दुर्गन्धित हुने ? सवाल हो निष्ठाको, सवाल हो ऐजेन्डाको ,सवाल हो संस्कार सहितको राजनीतिको , सवाल हो मुलुक र माटोको , सवाल हो सत्ता ठुलो कि निष्ठा, सिद्धान्त र विचारको ? सवाल हो भावी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्यको ? सवाल हो जन आश्था र जन समर्थनको ? सवाल हो जनता र समर्थक एवं पार्टी कार्यकर्ता को ?
हाल आएर नखाऊ भने दिनभरिको सिकार खाऊ भने कान्छा बाबुको अनुहार ! खाऊ कि अोकलौ भएको छ। जनराय र प्रतिक्रियाकालगि मेरो आग्रह रहेको छ। पार्टी भित्रका असमान असमानजस्यताको चिरफार गर्नु नैतिक दायित्व हुन्छ वास्तविकता बझेर मौन बस्नुपनि अपराध हो। चिन्तन मनन र सुझावकालागि शुभेच्छुकको सुझाव ! जय मातृभूमि नेपाल ।।