३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंज उद्योग वाणिज्य संघद्वारा बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र सेजको स्थलगत अध्ययन अवलोकन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२६ कार्तिक २०८२

    वीरगंज, २६ कार्तिक । वीरगंज उद्योग वाणिज्य संघद्वारा बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र सेजको स्थलगत अध्ययन अवलोकन गरेको छ । संघका अध्यक्ष हरि गौतमको नेतृत्वमा गएको पदाधिकारी तथा कार्यसमितिको टोलीले सोमबार सेजको भौतिक संरचना, संचालन अवस्था र औद्योगिक पूर्वाधारको विस्तृत अवलोकन गरिएको । अवलोकन टोलीलाई सिमरा विशेष आर्थिक क्षेत्रका कार्यालय प्रमुख तथा प्राविधिक अधिकारीहरूले सेजको स्थापना उद्येश्य वर्तमान प्रगति, औद्योगिक प्लट वितरण, उद्योग दर्ता प्रक्रिया र निजी क्षेत्रका लागि उपलब्ध सहुलियतबारे जानकारी गराएका थिए । टोलीले सेजमा भइरहेको निर्माण कार्य, बाटो, विद्युत् आपूर्ति, ढुवानी प्रणाली तथा लगानीकर्तालाई आवश्यक पर्ने अन्य पूर्वाधारको अवस्थाको पनि प्रत्यक्ष अध्ययन गरेका थिए ।

    Ad
    Ad
    Ad

    संघका अध्यक्ष हरि गौतमले सेजको अवलोकन गर्दै सिमरा विशेष आर्थिक क्षेत्र देशको औद्योगिकीकरण र रोजगारी सृजनाको दृष्टिले रणनीतिक महत्वको परियोजना रहेको बताउनु भयो । उहाँले सेजको प्रभावकारी संचालनका लागि पूर्वाधार विकास, कानुनी स्पष्टता र लगानी सहज वातावरण अझै आवश्यक देखिने बताउनुभयो । संघका बरिष्ठ उपाध्यक्ष माधव राजपालले वीरगंज उद्योग वाणिज्य संघले सिमरा सेजमा देखिएका चुनौती र सुधारका सम्भावनाहरू सम्बन्धित मन्त्रालय र सेज प्राधिकरण सँग छलफल गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । अवलोकनका क्रममा टोलीले सेज क्षेत्रमा स्थापनाका तयारीमा रहेका केही उद्योग प्रतिनिधिहरूले विद्युत् आपूर्ति, कच्चा पदार्थ ढुवानी, कर सुविधा र प्रशासनिक प्रक्रिया सम्बन्धी केही चुनौतीहरू औंल्याएका थिए ।

    Ad
    Ad
    Ad

    संघका पदाधिकारीहरूले सेजको दिगो संचालनका लागि निजी क्षेत्र, संघीय र प्रदेश सरकारबीचको प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका हुन । अवलोकन टोलीमा संघका उपाध्यक्ष आषिश लाठ, महासचिव शिवजी प्रसाद साह, कोषाध्यक्ष अनोज रुंगटा, सहसचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष निरज अग्रवाल, सहसचिव अनुप अग्रवाल, कार्यसमिति सदस्य मुरली जलान, प्रकाश खण्डेलवाल, सुमन क्याल, पत्रकार प्रणय कुमार लगायतको उपस्थिती रहेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.