२९ चैत्र २०८२, आइतबार / 12 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • म जीवन्त बाग्मती भएर बग्नेछु

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     ३ पुस । बागद्वार हुँदै बगेकी ऊ बाग्मती
    चोभारको डाँडो काटेर
    फाटेका मनहरू टाल्दै
    छुट्टिएका दुई किनाराहरू डोर्याउँदै
    बर्षौं अविरल बगिरही बगिरही।

    Ad
    Ad
    Ad

     

    उन्मुक्त स्रोतस्विनी बाग्मती
    कहिले रुष्ट भएर बगी
    कहिले तुष्ट भएर बगी
    कसैका खुट्टाका बालुवा पखाली
    कसैका चित्तका मयल निखारी
    बग्नु नदीको धर्म थियो
    ऊ बगिरही बगिरही।

    Ad
    Ad
    Ad
    Ad

    जुन दिन मैले बाग्मतीलाई
    बिदाइका हात हल्लाएर हिडेँ
    मिसिसिपी र हडसनका जल ऐनामा
    आफ्नो प्रतिबिम्ब खोज्न थालेँ
    सुनेकी छु,
    बग्दै बग्दै सङ्लिनुपर्ने बाग्मती
    बग्नै छोडेकी छ अचेल।

    आफ्नै पानीको पातलो ओछ्यानमा
    गेगरको सिरानी हालेर
    बाग्मती लमतन्न सुतेकी छ अचेल
    कर्मिष्ठ बाग्मती,
    थाकेकी छ अचेल।

    ब्रह्मनालमा जलेको लासको फिलिङ्गो उडेर
    जब च्वास्स पोल्छ बाग्मतीलाई
    ऊ झल्याँस ब्युझिन्छे
    जसै फिलिङ्गो छ्यास्स निभ्छ
    उसै बाग्मती फेरि निदाइदिन्छे।

    मेरी शहरकी बाग्मती
    मेरी रहरकी बाग्मती
    अब विलम्ब गर्ने छैन
    म त्यो जलेको फिलिङ्गो हुनु अगावै आउनेछु
    तिमीलाई अँजुलीमा बोकेर
    सूर्यको न्यानो घाममा सेकाउन आउनेछु
    म लाश बाल्ने दाउरा भएर हैन
    आश बोकेको आरती लिएर आउनेछु
    तिमीसँगै बग्न आउनेछु।

    शिवजीको हास्य किरणबाट जन्मिएकी बाग्मती
    मात्र आर्यघाटमा बग्ने आँसुहरूले सिञ्चिएकी छे अचेल
    अब त्यस्तो हुने छैन बाग्मती
    म फर्किने छु,
    मात्र नुनिलो आँसुको थोपा लिएर हैन
    मुटुभित्र बगिरहेको रातो रगत लिएर आउनेछु
    निधारबाट झरिरहेको निलो पसिना लिएर आउनेछु
    बाग्मतीसँगै म जीवन्त बाग्मती भएर बग्नेछु ।

    ताजा सूचना

    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    • जेनजी आन्दोलनको नयाँ शक्ति विस्फोट: पर्सामा जिल्ला समिति गठन, महादेव कुर्मी नेतृत्वमा युवा लहर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.